मुख्य समाचार
विद्यार्थीद्वारा नमुना संसद् अभ्यासः सीमा विवाददेखि शिक्षा र स्वास्थ्यका मुद्दामा सरकारको ध्यानाकर्षण | जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’ | मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध | खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु | मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द | सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा थप प्रभावकारी हुन एआईजी पोखरेलको निर्देशन | प्रदेशको छुट्टै पहिचान बनाउन डिजाइनदेखि एआईसम्मको तयारी : मन्त्री रत्न खत्री | बुटवलमा भित्रियो एक्साभेटर चेन मर्मत गर्ने अत्याधुनिक मेसिन, नेपालमै पहिलो भएको दाबी | गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा | 'फूलैफूलको नगर, पर्यटकको रहर' अभियानमा चेम्बर अफ कमर्शको साथ : रेसुङ्गा जाने सडकमा १६० भन्दा बढी बिरुवा रोपियो |

विद्यार्थीद्वारा नमुना संसद् अभ्यासः सीमा विवाददेखि शिक्षा र स्वास्थ्यका मुद्दामा सरकारको ध्यानाकर्षण

मनु सुनार 34+ समाचार ( )
२९ असार २०८३, सोमबार

गुल्मी । गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरूले समसामयिक राष्ट्रिय तथा स्थानीय मुद्दाहरू उठाउँदै संसदीय प्रक्रियाको व्यवहारिक अभ्यास गरेका छन्। विद्यालयको आयोजना तथा नेपाल प्रगतिशील युवा सञ्जालको सहयोगमा आयोजित 'दोस्रो सिद्धबाबा नमुना संसद्–२०८३' मा विद्यार्थीहरूले सङ्घीय संसद्कै शैलीमा लोकतान्त्रिक अभ्यास प्रदर्शन गरेका हुन्।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद र मर्यादापालकको भूमिकामा प्रस्तुत भएका थिए। राष्ट्रपति र प्रधानमन्त्री लगायतको शपथग्रहणबाट सुरु भएको नमुना संसद्मा प्रश्नोत्तर, शून्य समय, विशेष समय, नियमापत्ति र ध्यानाकर्षण जस्ता वास्तविक संसदीय कार्यविधिको हुबहु अभ्यास गरिएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयको कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले सो कार्यक्रमका लागि प्राविधिक सहजीकरण गरेका थिए।

नमुना संसद्को बैठकमा विद्यार्थी सांसदहरूले देशको सीमा विवाद, गुल्मीको कफी प्रवर्द्धन, गणेश नेपालीको आत्मदाह घटनाबाट सिर्जित सामाजिक प्रश्न, बढ्दो सडक दुर्घटना, लागूऔषध दुव्र्यसन र महिला तथा बालिकामाथि हुने बलात्कारजन्य हिंसाको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसैगरी, उनीहरूले पर्यटन विकास, पूर्वाधार निर्माण, रोजगारीको सुनिश्चितता तथा संविधानले प्रत्याभूत गरेका शिक्षा र स्वास्थ्यका मौलिक हकको पूर्ण कार्यान्वयनका विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका थिए। सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीको भूमिकामा रहेकी विद्यार्थीले दिएकी थिइन्।

सो अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले विद्यार्थीहरूको प्रस्तुति वास्तविक संसद्कै झल्को दिने खालको रहेको बताउँदै किताबमा घोकाएर मात्र लोकतन्त्र बुझाउन नसकिने हुँदा यस्ता अभ्यास लोकतान्त्रिक संस्कृतिको विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्नुभयो। विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले सिकाइलाई सैद्धान्तिक दायराबाट माथि उठाई व्यवहारिक बनाउन तथा विद्यार्थीमा नेतृत्व क्षमता, तार्किक कला र सार्वजनिक बोल्ने सीपको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने विद्यार्थीहरू एन्जिला रायमाझी, वर्षा पाण्डे, समर्पण खत्री, विशाल विक र अप्रिसा कार्कीलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं रेसुङ्गा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष निरञ्जन थापा काउछाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख रामप्रसाद पन्थी, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पन्थी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार