मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

पूर्वअर्थमन्त्री खतिवडाले गरे बजेटको आलोचना

Ujyalosandeshonline 11004+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले आर्थिक सुधारको वर्ष भनेर बजेटमा भनेको भएतापनि आयोग गठनको वर्ष हुने डर रहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक क्षेत्रको समस्याको समाधान दिर्घकालीन हुनुपर्ने भन्दै बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको हुनाले आर्थिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न नसकेको बताए ।

उनले भने,‘आयात निरन्तर घट्दै छ । त्यसैले राजस्वमा दवाव परेको छ । त्यसले व्यवसायीको आम्दानीमा प्रभाव पारेको छ । त्यसको समाधान त दिर्घकालीन हुनुपर्ने होला नि ? बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको छ । समस्याको धेरै सम्बोधन भएको छैन । यसैपनि संरचना सुधारका कुराहरु धेरै हुन्छन् । ति कुरा अब आयोग गठन गरेर गर्ने भन्नुभएको छ । त्यसमा मेरो आलोचना छ ।’

उनले अगाडि भने,‘बजेटको पाँच पेजमा आर्थिक सुधारको कुरा गर्ने अनि छौंठौं पेजमा गएर यि सबैको लागि उच्च स्तरीय आयोग गठन गर्ने भन्ने ? बजेटमा मन्त्रीज्यूले आर्थिक सुधारको वर्ष भन्नुभएको छ तर आयोग गठनको वर्ष हुने डर हुन्छ । त्यस्तो नहोस् ।’

उनले बाहिरबाट सुन आयात गरेर आफ्नो सीपलाई प्रयोग गरी गहना बनाएर निर्यात गर्ने कुरामा राष्ट्र बैक र अर्थ मन्त्रालयले सोच्न आवश्यक रहेको औंल्याए ।

उनले भने,‘गहना बनाएर निर्यात गर्ने सुन चाँदीको हकमा आयात गर्न दिँदा हुन्छ । निर्यात हुने परिमाणको आधारमा आन्तरिक खपत भने कठिन हुन्छ । त्यो राज्यले धान्न सक्दैन् । सुनको माग हाम्रो देशको देशको नागरिकको मात्र होइन् त्यसैले आफ्नो सीपलाई प्रयोग गरेर र मुल्य वृद्धि गरेर निर्यात गर्ने कुरामा राष्ट्र बैक र अर्थ मन्त्रालयले सोच्नुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार