मुख्य समाचार
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ | काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा | शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा | बैशाखमा ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने | पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य | एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता | व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो | पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ | रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता | गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त |

पूर्वअर्थमन्त्री खतिवडाले गरे बजेटको आलोचना

Ujyalosandeshonline 6941+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले आर्थिक सुधारको वर्ष भनेर बजेटमा भनेको भएतापनि आयोग गठनको वर्ष हुने डर रहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक क्षेत्रको समस्याको समाधान दिर्घकालीन हुनुपर्ने भन्दै बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको हुनाले आर्थिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न नसकेको बताए ।

उनले भने,‘आयात निरन्तर घट्दै छ । त्यसैले राजस्वमा दवाव परेको छ । त्यसले व्यवसायीको आम्दानीमा प्रभाव पारेको छ । त्यसको समाधान त दिर्घकालीन हुनुपर्ने होला नि ? बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको छ । समस्याको धेरै सम्बोधन भएको छैन । यसैपनि संरचना सुधारका कुराहरु धेरै हुन्छन् । ति कुरा अब आयोग गठन गरेर गर्ने भन्नुभएको छ । त्यसमा मेरो आलोचना छ ।’

उनले अगाडि भने,‘बजेटको पाँच पेजमा आर्थिक सुधारको कुरा गर्ने अनि छौंठौं पेजमा गएर यि सबैको लागि उच्च स्तरीय आयोग गठन गर्ने भन्ने ? बजेटमा मन्त्रीज्यूले आर्थिक सुधारको वर्ष भन्नुभएको छ तर आयोग गठनको वर्ष हुने डर हुन्छ । त्यस्तो नहोस् ।’

उनले बाहिरबाट सुन आयात गरेर आफ्नो सीपलाई प्रयोग गरी गहना बनाएर निर्यात गर्ने कुरामा राष्ट्र बैक र अर्थ मन्त्रालयले सोच्न आवश्यक रहेको औंल्याए ।

उनले भने,‘गहना बनाएर निर्यात गर्ने सुन चाँदीको हकमा आयात गर्न दिँदा हुन्छ । निर्यात हुने परिमाणको आधारमा आन्तरिक खपत भने कठिन हुन्छ । त्यो राज्यले धान्न सक्दैन् । सुनको माग हाम्रो देशको देशको नागरिकको मात्र होइन् त्यसैले आफ्नो सीपलाई प्रयोग गरेर र मुल्य वृद्धि गरेर निर्यात गर्ने कुरामा राष्ट्र बैक र अर्थ मन्त्रालयले सोच्नुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार