मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |
मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |


तुलसीपुर उपमहानगरमा प्रभावकारी बन्दै डिजीटल सेवा

Ujyalosandeshonline 12546+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

दाङ । तुलसीपुर–६ की देवका शर्मा र बीरवल शर्मालाई व्यवसाय दर्ताका लागि सिफारिस लिनुपर्ने भयो । तर सिफारिस लिन वडा कार्यालयमै पुगेर पालो कुर्नुपर्ला भन्ने चिन्ता थियो शर्मा दम्पत्तीलाई । कागजात बोकेर वडामा जानुपर्ने झन्झट भइरहेका बेला व्यवसाय दर्ता अनलाइनबाटै गर्न सकिने खबर कानसम्म आइपुग्यो । सोहि अनुरुप वडाबाट अनलाइनबाटै सिफारिस बनाए ।

अनलाइनबाट ई–सिफारीस लिने देवका र बीरवल तुलसीपुरको पहिलो सेवाग्राही हुन् । ‘अनलाइनबाट धेरै सजिलो भयो’ देबकाले भनिन्,‘५ मिनेटमै मेरो काम सकियो, जमाना अनुसारको प्रबिधि गज्जब लाग्यो । प्रविधिको सदुपयोग गर्न सके डिजिटल युगमा सुविधा पनि उत्तिकै छ ।’

तुलसीपुर उपमहानगरपालिकालाई पेपरलेस उपमहानगर बनाउने नीति अनुरुप वडा नम्बर ६ बाट ई–सिफारिसको काम सुरू भएको छ । अब नागरिकले आफुलाई आवश्यक परेका कुनैपनि कागजात अनलाईनमा प्रक्रिया पूरा गरेपछि मोबाईलबाटै सजिलै प्राप्त गर्न सकिने वडाध्यक्ष दुजमान भण्डारीले बताए ।  ‘इ सिफारीस सेवाका लागि मोवाईलको प्ले स्टोरमा गएर तुलसीपुर एसएमएस एप्लिकेसन डाउनलोड गरेर सेवा लिन सकिन्छ ।

’ उनले भन्ने,‘सेवाग्राहीले आफुलाई आवश्यक परेका पञ्जिकरण (जन्मदर्ता, विवाह दर्ता,बसाइँसराइ, मृत्यु दर्ता) वाहेकका सबै सेवा अनलाइनबाट लिन सक्छन ।’ यो सेवाले पालिकालाई पेपरलेस बनाउने अभियानलाई सहयोग पुग्ने वडा अध्यक्ष भण्डारीले बताए । 

तुलसीपुर उपमहानगरपालिकाका सूचना प्रबिधि अधिकृत सविन केसीका अनुसार ई–सिफारिस सेवा लिन सबैभन्दा पहिला मोवाइल एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरेर रजिष्टे«शन गरिसके पछि चाहिएको सिफारीस लिन आवश्यक कागजात अपलोड गरेर निवेदन दिन सकिने छ ।

सोही निवेदनका आधारमा कागजात सहि छ वा छैन भन्ने विषयमा हेर्ने जिम्मेवारी सम्बन्धित वडाको सचिवलाई प्रदान गरिएको छ । तर,वडाध्यक्षले पनि हेर्न सक्ने व्यवस्था मिलाइएको केसीले बताए । ‘कागजात अपुग भएमा थप गर्न र प्रक्रिया मिलेको खण्डमा राजश्व बुझाउने सूचनाको सन्देस सेवाग्राहीको मोबाइलमै आइपुग्नेछ ।

’ यनले भने,‘त्यसपछि सेवाग्राहीले राजश्व मोबाईलबाटै दाखिला गरेर भौचर अपलोड गर्नुपर्छ र प्राप्त फाईललाई सम्बन्धित वडा सचिवले सम्बन्धित वडा अध्यक्षलाई फरवार्ड गरिदिएपछि वडा अध्यक्षले ई–हस्ताक्षर गरेर सेवाग्राहीलाई फरवार्ड गर्नुहुन्छ ।’ उनका अनुसार सिफारिस प्राप्त भएको सूचना सेवाग्राही लाई तत्कालै मोवाइलमा जानकारी हुन्छ । त्यसपछि मोवाइलमा डाउनलोड गरेर ई–सिफारिस प्राप्त गर्न सकिन्छ ।

ई–सिफारीस सुरू भएपछि देशका जुनकुनै ठाँउमा भएपनि सिफारीसकै लागि पालिका पुग्नुपर्ने समस्या सधैका लागि हटेको छ । वडा नम्बर ६ बाट सेवा आरम्भ गरिएको छ भने अन्य वडाहरुले पनि परिक्षण गरिरहेका छन् । सूचना प्रविधि अधिकृत केसीले तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अनलाइनबाटै प्राप्त गर्न सकिने बताए ।

अनलाइनमै घर नक्सा पास

तुलसीपुर उपमहानगरपालिकामा लागू भएको ई–घरनक्सापास सेवाले स्थानीय नागरिकलाई खुशी थपेको छ । विगतमा अनलाइन सेवा नहुँदा सेवाग्राहीका फाइल हराउने, फाइलिङ गरिएका कागजात सेवाग्राहीले भनेकै बेला खोज्दा नभेटिने, कतिपय झुट्टा विवरणहरू समेत पेश हुनसक्ने समस्या थियो । पहिले घर नक्सापासको काम गर्न सुरूमा फाईल बोकेर पालिकामा पुगेरै निवेदन दिनुपथ्र्यो । निवेदन दर्ता पश्चात सम्बन्धित वडा कार्यालयमा वडा सर्जिमिनका लागि फाइल बोकेर जानुपर्ने बाध्यता थियो । तर अहिले त्यो समस्या हटेर गएको छ ।  घर नक्सापासको सबै काम अनलाइनबाटै हुने भएपछि समय र पैसाको बचत भएको सेवाग्राही पुर्णबहादुर बिष्टले बताए ।

‘पहिलेको प्रक्रिया अनुसार वडामा सर्जिमिनमा पुग्दा समेत घरको डिजाइन र तलाको समेत एकिन भैसकेको हुदैनथ्यो ।’ उनले भने,‘तर अहिले डिजिटल सिफारीसमा सबै भन्दा पहिला घर निर्माणका लागि नक्सा तयार गर्नुपर्छ ।’ सोहीबमोजिम घरको आकार  र कति तलाको बनाउने भन्ने विषयमा पूर्व तयारीका लागि सजिलो हुने गरेको सेवाग्राही तुलसीपुर–१८ का झविलाल घिमिरेले बताए ।  विष्ट र घिमिरे प्रतिनिधिमूलक पात्र भएपनि तुलसीपुर उपमहानगरपालिकामा आर्थिक वर्ष २०७७÷७८ को पुसबाट सुरू भएको अनलाइन घर नक्सा पास सेवाले झोलामा कागज बोकेर कार्यालय धाइरहनुपर्ने बाध्यता पूर्णरूपमा हटेर गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार