मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

‘विशेष महाधिवेशन’मा सहभागी नहुन कर्णालीका नौ कांग्रेस सभापतिहरूको अपिल

Ujyalosandeshonline 11768+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

कर्णाली । कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरूले औचित्य सकिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन् । नेपाली कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही, जुम्लाका सभापति कर्णबहादुर शाही, कालीकोटका सभापति अम्बहादुर शाही, डोल्पाका कार्यवाहक सभापति लवकुमार शाही, जाजरकोटका सभापति वेदराज सिंह, दैलेखका सभपाति मणिराम रेग्मी, रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओली, सुर्खेतका सभापति खड्गबहादुर पोखरेल र सल्यानका उपसभापति सन्तोष ओलीले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक निर्णयबिना कुनै व्यक्ति विशेषबाट आह्वान गरिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका हुन् ।

पार्टी विधि र विधानअनुसार चल्दै आएको कांग्रेस व्यक्तिको चाहनाअनुसार पार्टी सञ्चालन हुन नसक्ने, नियमित महाधिवेशन र आमनिर्वाचनलाई असर गर्नेगरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई गम्भीर क्षति पुर्याउने र मुलुकलाई समेत अस्थिरतामा धकेल्ने स्पष्ट पार्दै उनीहरूले केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक सङ्घसंस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरूलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्न आग्रह गरेका छन् ।

‘विशेष महाधिवेशन’को पक्षमा देखिएका सल्यान सभापति केशरबहादुर विष्टबाहेक यहाँका नौ सभापतिहरूले निकाले संयुक्त विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत आह्वान गरिएको ‘विशेष महाधिवेशन’ले पार्टी र मुलुक दुवैलाई दुर्घटनातर्फ लैजाने खतरा छ ।

तसर्थ पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सहभागी नहुन सम्पूर्ण पार्टीपङ्क्तिलाई हार्दिक अपिल गर्दछौँ । केन्द्रीय कार्यसमितिबाट प्रकाशित कार्यतालिकाअनुसार नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन स्वतः निष्क्रिय भइसकेको छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार