मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बुटवल उच्च अदालतद्वारा मुद्दा फछ्र्यौटमा उल्लेख्य प्रगति

Ujyalosandeshonline 11768+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले चालू आर्थिक वर्ष २०८१/८२ मा मुद्दा फछ्र्यौट दरमा उल्लेखनीय वृद्धि गरेको छ । अदालतले यस आर्थिक वर्षमा ८२.०१ प्रतिशत मुद्दा किनारा लगाउँदै ३ हजार २०९ वटा मुद्दा फछ्र्यौट गरेको हो ।

अदालतका निमित्त रजिष्ट्रार हरिगोपाल ज्ञवालीका अनुसार, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८३२ र नयाँ दर्ता भएका ३ हजार ८१ गरी कुल ३ हजार ९१३ मुद्दामध्ये उक्त संख्यामा फछ्र्यौट भएको हो । यो गत वर्षको ७८.७० प्रतिशतको तुलनामा ३.३१ प्रतिशतले बढी हो ।

अदालतका मुख्य न्यायाधीश बासुदेव आचार्यले पछिल्ला वर्षहरूमा मुद्दाको संख्या र फछ्र्यौट दर दुवै बढ्दै गएको बताउनुभयो । अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४९.८४%, २०७८/७९ मा ५३.०९%, २०७९/८० मा ६०.३७% र २०८०/८१ मा ७८.७०% मुद्दा फछ्र्यौट भएका थिए ।

यसका साथै, चालू आर्थिक वर्षमा मेलमिलापका लागि पठाइएका कुल ३२१ मुद्दामध्ये ६० वटा अर्थात् १९.४८ प्रतिशत सफलतापूर्वक टुङ्गिएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलास अन्तर्गतका जिल्ला अदालतहरूले पनि मुद्दा फछ्र्यौटमा प्रगति गरेका छन् । जसअनुसार अर्घाखाँचीमा ८७.७९%, पाल्पामा ७४.०९%, गुल्मीमा ७२.१७%, नवलपरासीमा ६८.३८%, कपिलवस्तुमा ६४.९९% र रुपन्देहीमा ६३.४९% मुद्दा फछ्र्यौट भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार