मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मुस्ताङको तेताङमा दुर्लभ सानो उल्लु दुई बच्चासहित भेटियो

Ujyalosandeshonline 11768+ समाचार ( )
तस्बिर : सोनामछिरिङ्ग गुरुङ्ग
१७ श्रावण २०८२, शुक्रबार

निरज थकाली

जोमसोम । मुस्ताङको वारागुङ्गमुक्ति क्षेत्रगाउँपालिका–३ तेताङको नरिन खर्कमा दुर्लभ हिमालीको चलगाडेँ अर्थात सानो उल्लु (Little Owl – Athene noctua) को पछिल्लो अभिलेख फेला परेको छ ।

उल्लु दुई बच्चा सहित गोठमा देखिएको तेताङ्गका स्थानीय सोनाम छिरिङ्ग गुरुङ्गले बताए । गुरुङ्गले आफ्नो च्याङ्गग्रा गोठ भित्र आएको दुई हिमालीको चलगाडेँको बच्चाहरुको तस्बिर आफ्नो मोबाइल कैद गरेका थिए ।

जसले यस प्रजातिको नेपालमा प्रजनन् अवस्थाको सशक्त संकेत गरेको छ । फ्रेन्डस अफनेचुर नेपालका अध्यक्ष सोम जिसी  र पूर्व राष्ट्रिय प्रकृति संरक्षणकोष ‘एनटीएनसी–एक्याप’का संरक्षण अधिकृत ऋषि बरालले उक्त अवशेष सानो उल्लुको हुने सक्ने बताए ।

यद्यपी, सानो उल्लु पहिले पनि नेपालका केही हिमाली जिल्लाहरू बाट अभिलेखित भइसकेको छ, यस्ता पछिल्ला अभिलेखहरू वैज्ञानिक रूपमा अतिमहत्वपूर्ण मानिएको छ । विशेषतःप्रजातिको वितरण, आवास, र प्रजनन् सम्बन्धी ज्ञान अद्यावधिक गर्नका लागि नेपालमा उल्लु दुई परिवार (Tytonidae र Strigidae) अन्तर्गत २३ प्रजातिमा पाइन्छन् ।

तीमध्ये ‘लिटलउल’अर्थात सानो उल्लु एक महत्वपूर्ण प्रजातिको मानिन्छ । जुन समुद्री सतहबाट २,७१५ मिटरदेखि ४,९५० मिटर उचाइमा पाइन्छ । यस्ता प्रजातिका उल्लुहरु दार्चुला, डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा,र सोलुखुम्बु जिल्लाहरूमा देखिने गरेको विज्ञहरुको भनाइछ ।

साथै, यस प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु–बरुण राष्ट्रिय निकुञ्ज, र शे – फोक्सुण्डो राष्ट्रिय निकुञ्ज जस्ता संरक्षित क्षेत्रहरूमा पनि पाइन्छ ।हालसम्म नेपालमा यसलाई राष्ट्रिय रूपमा ‘कम संकट ग्रस्त’प्रजातिका रूपमा वर्गीकृत गरिएको छ । तर यसको जनसंख्या घट्दो रहेको अनुमान गरिएको छ ।

विश्वभर यसको परिपक्व जनसंख्या ५० लाख देखि १ करोडको हाराहारीमा रहेको अनुमानछ । तर नेपालमा यसको जनसंख्या आकलन गरिएको छैन । उल्लुहरू नेपालमा व्यापक सांस्कृतिक एवम मिथक र विश्वास सँग जोडिएका पंक्षी हुन् । तर, यिनको पारिस्थितिकी, वितरण र अवस्थाबारे वैज्ञानिक जानकारी सीमित छ ।

साथै, मासु, औषधी प्रयोग र अवैध व्यापार तथा पाल्तु रूपमा राख्नको लागि पक्राउ गरिने र शिकार एक प्रमुख चुनौती बनेको छ । विषादी प्रयोग र जनचेतनाको अभाव पनि यिनको संरक्षणमा थप जोखिमका कारण मानिएको छ । तेताङको पछिल्लो अभिलेखले नेपालमा संरक्षणको आवश्यकता र यस सम्बन्धीथप अनुसन्धान गर्नुपर्ने आवाज उठेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार