मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

विश्वकप : युगान्डा १ सय ३४ रनले पराजित, वेस्ट इन्डिजको लगातार दोस्रो जित

Ujyalosandeshonline 12548+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो । खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो । 

समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो। युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् । 

युगान्डालाई सस्तैमा रोक्न वेष्टइन्डिजका अकिल हुसैनले सर्वाधिक ५ विकेट लिए । हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे ।  यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक÷एक विकेट लिए ।

गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । 

वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन  ,निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए । यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट पारि खेले । युगान्डाका बसिन मासाबाले २ विकेट लिए। 

दुई पटकको विश्व विजेता वेस्ट इन्डिज लगातार दोस्रो जितपछि समूह सीमा ४ अंक बनाएको वेस्टइन्डिज दोस्रो स्थानमा छ । शीर्ष स्थानमा समान अंकका साथ अफगानिस्तान रहेको छ । अफगानिस्तान रनरेटका आधारमा अगाडि रहेको छ । यसैगरी युगान्डा २ अंकका साथ तेस्रो स्थानमा रहँदा पपुवा न्युगिनी र न्युजिल्याण्डले तालिकामा अंकको खाता खोल्न सकेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार