मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

अनावश्यक धरपकड गर्नेछैन, व्यवसाय सहजीकरणमा सहयोग गर्छौ ः प्रमुख कर अधिकृत

राधेश्याम विश्वकर्मा 58+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवाका नव आगन्तुक प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले भैरहवा र यस आसपासका व्यवसायीलाई अनावश्यक दुख दिने र धरपकड गर्नुको सट्टा उनिहरुको व्यपार व्यवसाय फस्टाउने गरि सहजीकरणमा सहयोग गर्ने बताएका छन् । 

आईतरबार सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पोखरेलले अहिले कार्यालय कार्यवाही गर्नुको सट्टा कर शिक्षालाई प्राथमिकतामा राख्ने बताए । “तर यसको मतलब यो कदापी हैन कि बदमाशलाई छुट हुन्छ, अटेरी र बदमाशी गर्नेलाई कुनै पनि हालतमा छोडदैनौ,” उनले भने “यसमा उद्योग बाणिज्य संघको संस्थागत सहयोग र सहकार्यको अपेक्षा गरेको छु ।”

पोखरेलले बजारमा मन्दि रहेको भनिए पनि कुनै बस्तुको अभाव नभएको बताए । यसले पनि यसलाई मन्दि नै भन्नेमा अन्यौल रहेको उनको भनाई छ । अहिलेको सरकारले यसलाई सुधार गर्नमा व्यापक पहल गरेको बताउदै उनले यसको लागि निजिक्षेत्रको प्रयास पनि आवश्यक रहेको बताए । 

कार्यक्रममा बोल्दै ब्यवसायीहरुले अझै पनि भिसिटिएस, एचएस कोड तथा करको बिभिन्न विषयमा अन्यौल रहेको बताएका थिए । नेपाल सुनचाँदी ब्यवसायी संघका दिपक कौशलले बिल सहितको पुरानो सुनलाई सुन ब्यवसायीले आम्दानी देखाउन पाउने व्यवस्था रहे पजि यसको कार्यान्वयन हुन नसकेको गुनासो गरे । यस्तै कतिपय ब्यवसायीले भिसिटिएस बिल र बिलमा एचएस कोडलाई लिएर अन्यौलता रहेकोले यसलाई प्रष्ट पार्न आग्रह गरेका थिए । 

ब्यवसायीहरुले नारायणगढ–बुटवल सडक खण्डका कारण व्यवसाय प्रभावित भएकोले यसको निवारण गर्न पनि आग्रह गरेका थिए । उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सोही सडक खण्डकै कारण यहाको पर्यटन र व्यवसाय बिरगन्ज, जनकपुर तर्फबाट हुने गरेको गुनासो गरे । 

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष भिष्म न्यौपाने, पूर्व अध्यक्षहरु कुल प्रसाद न्यौपाने, बिष्णु शर्मा, महेन्द्र कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कृष्ण प्रसाद घिमिरेले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार