मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

Ujyalosandeshonline 10996+ समाचार ( )
३० असार २०८२, सोमबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको बताए । उनले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न विभिन्न प्रकारका सहुलियतहरू प्रदान गरिएको र यसले उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे ।

हाल हिमालयन एयरलाइन्समार्फत पोखरा–ल्हासा मार्गमा नियमित उडान भइरहेको र अन्य विमान कम्पनीहरूसँग पनि समन्वय तथा छलफल गरी उडान विस्तारको प्रयास भइरहेको उनले जानकारी दिए । मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । 

उनले भने, ‘वायुसेवा निगमको विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने, रणनीतिक साझेदार भित्र्याएर सञ्चालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पहरूसहित सुझावहरू प्राप्त भएका छन् । ती विकल्पहरूबारे विस्तृत अध्ययन र छलफल गरी निगमको संस्थागत र संरचनागत सुधार कार्य अघि बढाइनेछ ।’

पर्यटनमन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताएका छन् । उनका अनुसार, हालसम्म नेपाल सरकारले ४७२ वटा हिमाल आरोहणका लागि खुला गरिसकेको छ । ती हिमालहरूको प्रचार–प्रसार र प्रवद्र्धनका कार्यहरू तीव्र रूपमा भइरहेका छन् । साथै, ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको बारेमा आधारभूत जानकारी समेटिएको पुस्तिका प्रकाशन गरी सूचना प्रवाह तथा प्रचार–प्रसारको काम भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार