मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


पर्यावरण संरक्षणका लागि एकसय युवा इको लिडरको घोषणा

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ असार २०८१, आइतबार

चितवन । तेस्रो कृषि–जलावायु युवा लिडरसीप समिट २०८१ ले एकसय युवा इको लिडर (पर्यावरणीय युवा अगुवा)को घोषणा गरेका छ । इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवर्तन तथा दिगो विकासका लागि अभियानहरु संचालन गर्नेछन् ।

सबै इको लिडरलाई समेटर असार १६ गते एकसय युवा इको लिडर्स नेटवर्क गठन गरिएको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए । उक्त नेटवर्कमा देभरीबाट २५ वर्ष मुनिका युवाहरु छनौट गरिएको अवस्थीले बताए । उनले एकसय युवा इको लिडर छनौट देशभरीबाट प्राप्त पाँचसय आवेदक मध्येबाट छानिएका बताएका छन् ।

समिटले एकसय युवा इको लिडर्स नेटवर्कको विधान, कार्यविधि तथा ६ महिनाको कार्ययोजना तथा आचारसंहिता समेत पारित गरेको आयोजकले जानकारी दिए । इको लिडरले संकल्प पत्रमा हस्ताक्षर तथा औठा छाप लगाएर हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी कार्य गर्ने र आफ्नो आचरण पनि सोही अनुसार गर्ने संकल्प गरेका छन् ।

सम्मेलन उदघाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गरेका थिए । उनले सरकारले युवा पलायन रोक्न र युवालाई स्वदेशमै बस्नका लागि दिर्घकालिन कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।

विशिष्ट अतिथि बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले आफू बागमती प्रदेश जलवायुमैत्री कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष, द एशिया फाउण्डेसनका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

समिटमा तीन ओटा फरक फरक विषयमा कार्यपत्रहरु पेश गरिएको थियो । जसमा महर्षि वैदिक इन्टरनेसनल फाउण्डेनबाट प्रध्यापक जोन कोनहाउसले वैदिक कृषि प्रणालीको बारेमा प्रस्तुत गरेका थिए ।

त्यसैगरी कृषि तथा वन विश्वविद्यालय सहप्राध्यापक दिनेश भट्टले कृषि र जलवायु परिवर्तनका चुनौती र युवाका सवालको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै ओरेक नेपालकी कार्यकारी निर्देश सुनिता मैनाली जलवायु न्याय र कृषिको बारेमा कार्यपत्र पेश गरेका थिए । त्यस्तै हरित युवा गोष्टीमा १० ओटा कृषि, जलवायु परिवर्तन र युवासँग जोडिएका विषय १० ओटा समूहमा फलफल गरी साधानका उपाय पहिचान गरिएको फोर एच नेपालका उपाध्यक्ष सिता रणपालले जानकारी दिए ।

समिटको अर्को दिन छानिएका १० ओटा कृषि, जलवायु परिवतनसँग जाडिएका नविन विचारहरु छनौट गरी प्रत्येक युवालाई जनही दशर हजार दिने घोषणा समेत गरिएको आयोजक सरोज कुमार जोशीले बताए । डा.चिन्तमणी योगीले युवालाई जीवन जिउने शैली र युवाको सकरात्मक धारण विकास सम्बन्धी प्रशिक्षण पनि गराएका थिए ।

१० बुँदे जलवायु परिवर्तन संकल्पपत्र जारी

चितवनमा सम्पन्न भएको तेस्रो युवा कृषि–जलवायु युवा लिडरसीप समिटले हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी १० बुँदे संकल्प पत्र जारी गरेको छ । समिटको संकल्प पत्रमा पर्यावरणीय संरक्षणका लागि युवा आफ्नो संकल्प जारी गरेको अवस्थीले जानकारी दिए । 

संकल्प पत्रमा युवाले आफ्ना व्यवहार तथा नेतृत्व पर्यावरणमैत्री बनाउने र आफूले समुदायमा जलवायु परिवर्तन न्यूनिकरण तथा रैथाने कृषिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । र, सरकारसँग जलवायु परिवर्तनका लागि प्रभावकारी नीति ल्याउन पनि माग गरेका छन् । उद्योग, कलकारखाना तथा निर्माणर्काले जलवायु परिवर्तनमा ठूलो असर परेकाले सामाजिक उत्तरदायित्व बजेट मध्ये पर्यावरण संरक्षणका लागि निश्चित बजेट छुटयाउन पनि माग गरेका छन् ।

्समिट २०८१ असार १३ देखि १५ गतेसम्म आयोजना गरिएको थियो । समिटमा भरतपुर महानगरपालिका, द एशिया फाउण्डेशन, नबिल बैंक, नेपाल टेलिकम, कृषि विकास बैंक तथा ओरेक नेपाल सहितका सहकार्य तथा सँझेदारी रहेको आयोजकले जानकारी दिए ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै