मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

वडादशैंमा राष्ट्रिय सभा अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोली जेनेभा प्रस्थान

Ujyalosandeshonline 12206+ समाचार ( )
२६ अशोज २०८१, शनिबार

काठमाडौं । अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्यान्डको जेनेभातर्फ लागेको छ। अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को ९ सदस्यीय टोली आईपीयू महासभामा भाग लिन जेनेभा प्रस्थान गरेको हो। 

असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आईपीयूको १४९ औँ महासभामा सहभागी हुने नेपाली संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी छन्। त्यसैगरि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा पनि प्रतिनिधिमण्डलमा छन्। 

आईपीयूको महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभा सदस्यद्वय सुनिता बराल र निशा डाँगीले ‘फोरम अफ योङ पार्लियामेन्टेरियन फोरम अफ वूमन पार्लियामेन्टेरियन’मा सहभागिता जनाउनेछन् ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार