मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

नेपाल प्रहरी श्रीमती सङ्घद्वारा रूपन्देहीको सिद्धार्थ बालगृहमा खाद्यान्न वितरण तथा भोजनदान

Ujyalosandeshonline 12612+ समाचार ( )
१५ माघ २०८२, बुधवार

रूपन्देही । नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा रूपन्देहीस्थित सिद्धार्थ बालगृहमा आश्रित अनाथ बालबालिकाका लागि भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना खत्री कार्कीले अनाथ बालबालिकाको सेवा गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूको उज्ज्वल भविष्यका लागि सङ्घ सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले प्रहरी परिवार खुसी भए मात्र प्रहरीले आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न सक्ने धारणा राख्दै सङ्घले प्रहरी परिवारको शिक्षा, स्वास्थ्य र रोजगारका साथै समाजका असहाय, वृद्धवृद्धा तथा महिलाहरूको हितमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।

सो अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेशकी अध्यक्ष पूजा खत्रीले सङ्घले प्रहरी र समाजबीचको सहकार्यलाई निरन्तरता दिइरहेको बताउनुभयो भने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक जनक शाहीले श्रीमती सङ्घले सामाजिक सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो। कार्यक्रममा स्थानीय सङ्घ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार