मुगुमा असोज ७ गतेबाट सुपथ मूल्यको पसल संचालनमा

Ujyalosandeshonline 12201+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

मुगु। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीटेड मुगुले दशैं तथा तिहारको उपलक्ष्यमा असोज ७ गतेबाट सुपथ मूल्यको खाद्यान्न पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वितरण विभाग प्रधान कार्यालय काठमाडौले विगत वर्षदेखि चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्यको पसलहरु संचालन गर्दै आइरहेको छ । 

यस वर्षमा दुई हजार क्वीन्टल खाद्यान्न वितरण गर्नेगरी स्वीकृत मिलेपनि जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सबै मुगुलीलाई पुग्ने गरी प्रति व्यक्ती दुई बोरा अर्थात ५० केजी पाउनेगरी खाद्यान्न वितरण गर्न लागेको हो । 

जसमा प्रतिकिलो पाँच रुपैया कम हुनेगरी असोज ७ गते माघ २ गतेसम्म विक्री बितरण गर्ने तयारी गरिरहेको जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमटेड शाखाका प्रमुख रजबहादुर राईले बताए । 

गर्त बर्ष पनि दशैं लगाएत अन्य चाड पर्वलाई लक्षित गरि सुफत मूल्यको खाद्यान्न पसल संचालन गर्दा २२ सय ९६ किलो बितरण गर्दा प्रति केजीको रु सात रुपैंयाँका दरले खाद्यान्नको विक्री दरमा छुट दिइएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार