मुख्य समाचार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ | तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन | बुद्ध जयन्तीको अवसरमा धकधईमा विपन्नलाई झुल वितरण | प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी | नागरिक सचेत नभई विकास सम्भव छैन – इस्तियाक अहमद खान | भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल | केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना | गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च | नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो | उभौली पूजा |
मुख्य समाचार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ | तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन | बुद्ध जयन्तीको अवसरमा धकधईमा विपन्नलाई झुल वितरण | प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी | नागरिक सचेत नभई विकास सम्भव छैन – इस्तियाक अहमद खान | भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल | केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना | गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च | नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो | उभौली पूजा |


माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छ : महासचिव गुरुङ

Ujyalosandeshonline 11152+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार काठमाडौंमा एक अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।

गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए । ‘अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता  र समयको मागअनुसार नेकपा (एस) सँग पनि एकताका लागि छलफल चलेकोछ,’गुरुङले भने ।

नेकपा सँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने बतउँदै गुरुङले भने,‘समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायतका विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ ।’

स्थायी समिति बैठक जनार्दन शर्मा केन्द्रीत भएको रहेछ नि ? भन्ने संचारकर्मीहरुको प्रश्नमा गुरुङले भने पार्टीमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको बताए । ‘पार्टी बलियो बनाउनुका साथै विचार मिल्ने शक्तिहरुसँग एकता गर्ने बेला आएको छ । अहिले देशमा बढ्दै गएको राजनितिक संकटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्नु हुन्न, गर्न पनि सकिँदैन,’गुरुङले थपे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तररुपमा सदन अबरुद्ध गर्दा महत्वपूर्ण विधेयकहरु रोकिने भएकाले २ बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सहि भएको मूल्याङकन गरेको गुरुङले बताए । 

कुलिङ पिरियड प्रकरणबारे बनेको छानविन समितिले सहि निष्कर्ष निकालेर त्यसलाई सच्याउनु पर्छ भन्ने आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए । त्यसैगरी कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी शुसिलले माओवादीले स्थायी समितिबाट आफ्नो पार्टीसँग एकता  गर्ने भन्ने निर्णय स्वागतयोग्य रहेको बताए ।

समाजवादी मोर्चा कर्णाली प्रदेश इन्चार्जसमेत रहेको शुसिलले आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा तथा समाजवादी क्रान्तिको लागि माओवादी धार र समाजवादी मोर्चामा आवद्ध पार्टीबीच एकता ध्रुविकरण हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै शुसिलले २०८४ सालमा देश पुनः माओवादीमय हुने दाबी समेत गरे । उनले पार्टी एकतापछि निरास भएका जनता र कार्यकर्ताहरु समाजवादको लागि माओवादी आन्दोलनमा पुनः सक्रिय हुने बताए । उनले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद चाहने शक्तिहरुबीचको एकता धुर्बिकरण आवश्यक रहेको बताए । 

शुसिलले नयाँ पुस्ता र अवसरबाट बन्चित भएका इन्मान्दार र कर्तव्यनिष्ठ क्षमतावान व्यक्ति–व्यक्तित्वहरुको नेतृत्व सुनिश्चतता हुने गरी एकता हुनुपर्ने धारणा राख्दै भने,‘राईट मेन, राइट प्लेस र राइट टाईमको अवधारणालाई एकताले आत्मसाथ गर्नुपर्छ ।’

अबको एकतामा सबैले आ–आफ्नो ठाउँबाट रुपान्तरण हुँदै देश, जनता र वर्गको नेतृत्व गर्ने प्रतिबद्धता जनाउँनुपर्ने कुरामा जोड दिए । समाजवादको लागि उत्पादन महत्वपूर्ण भएको बताउँदै आफ्नो पार्टी श्रम र उत्पादनको माध्यमबाट पनि अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार