मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ : उपाध्यक्ष डा.लामा

Ujyalosandeshonline 11768+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग गरेको बताएका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) ले धौलागिरी एडभेन्चर ट्रेकिङ प्रालिको आयोजना तथा मौलिका फिल्म्सको सह-आयोजनामा आयोजित संस्कृति आदान प्रदान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा समेत गरेका छन् ।

उपाध्यक्ष डा. लामाले  लुम्बिनी क्षेत्रको तीब्रतर विकासका लागि अस्ट्रेलियाको समुदायले सहकार्य तथा  हातेमालो गर्न इच्छा र  आवश्यकता महसुस गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद प्रदान गरेका हुन् । उपाध्यक्ष डा. लामाले बुद्धस्थलहरू कपिलवस्तुको तिलौराकोट, रामग्राम समेतलाई विश्वस्तरमा प्रवर्द्धन गर्दै लैजाने प्रतिवद्धता समेत जाहेर गरेका छन्।

विश्वमा अहिंसा र द्वन्द्व बढ्दै गएको बेला शान्तिको लागि विश्व समुदायमा संस्कृतिको आदान प्रदानले मानव समाजको विकासलाई झनै मैत्रीपुर्ण बनाएको बताएका छन् । लुम्बिनीमा अन्तर्राष्ट्रिय मठ र मन्दिरहरू विश्व संस्कृतिको रुपमा विकास भैरहेको कुरा बताउदै उपाध्यक्ष डा. लामाले विभिन्न देशहरूले आफ्नो देशको वास्तुकला र धार्मिक शैलीलाई लुम्बिनीका मठ र गुम्बारहरूले प्रतिनिधित्व गरेको बताएका छन् ।

अस्ट्रेलियामा ग्रेट स्तुपमार्फत इयान ग्रीनले बौद्ध धर्मलाई विश्वव्यापी बनाउन योगदानलाई कदर गर्दै कार्यक्रमका अवसरमा इयान ग्रीनलाई उपाध्यक्ष डा. लामा द्वारा विशेष सम्मान  समेत प्रदान गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रूपा विक, अस्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत कैलाशराज पोखरेल, बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, आयोजक संस्था धौलागिरी एडभेन्चर प्रालिका अध्यक्ष आंगकामी शेर्पाले आफ्नो धारणाहरु व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार