मुख्य समाचार
जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व |
मुख्य समाचार
जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व |


जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

Ujyalosandeshonline 12568+ समाचार ( )
५ कार्तिक २०८३, बुधवार

नारायण अधिकारी\रासस

चितवन । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका थाप्नबाट बञ्चित हुन्छन् ।

अरुको दसैँलाई सहज र सुरक्षित बनाई टीका लगाउन दिनका लागि सुरक्षा निकायमा खटिने टीका लगाउनबाट बञ्चित हुन्छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल नब्बे प्रतिशत हाराहारी प्रहरी सेवामा रहेका घरमा गएर टीका थाप्नका लागि घर जान नपाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सर्वसाधारणले सुरक्षित रुपमा चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौं । यो कतिबर्ष भन्ने होइन कि कैयौँ बर्षसम्म पनि यस्तै हुने गरेको छ ।”

संवेदनशील जिल्लाहरुमा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिइने गरेको पनि उहाँले बताउनुभयो । जिम्मेवारी लिएकाले विदा पाउँदैनन् । अन्यले मिलाएर न्यूनतम सङ्ख्या मात्रै परिवारसँग दसैँ मनाउने उहाँले जानकारी दिनुभयो । यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरत पनि यो पर्वमा परिवारसँग सबैले दसैँ मनाउन पाउँदैनन् ।त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षा गार्डहरुले पनि विदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउनुहुन्छ ।

चाडपर्वको समयमा कतिपय उद्योग व्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षा गार्डको हुने भएको विदा नपाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ ।”भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरुले परिवारसँग दसैँको टीका थाप्न नपाउने बताउनुहुन्छ । बहिरङ्ग सेवा बाहेक आकस्मिक र अन्तरङ्ग सेवा सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मी विदा बस्न नपाउने उहाँको भनाइ छ ।

उनीहरुले दसैँ र तिहार पालो मिलाएर विदा लिने गर्दछन् । बगालेले भन्नुभयो, “जुनसुकै बेला सेवा दिनु पर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ ।”पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन् । नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष विष्णु अधिकारी ५० प्रतिशत नर्सले विदा लिएर बस्न नपाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दसैँ र तिहारमध्ये आलो पालो गरेर विदा मिलाइन्छ ।” जसका कारण ५० प्रतिशत नर्सले दसैँमा परिवारसँग टीका थाप्न नपाउने उहाँको भनाइ छ ।

विदेशमा ठूलो सङ्ख्यामा नेपाली छन् । उनीहरुमध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन् । कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले विदा मिलाएर दसैँमा नेपाल आउने गर्दछन् । चार वर्षपछि बुबा आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आइपुग्नु भएका विष्णु पौडेल पर्वमा परिवारसँग बस्न पाउनु निकै खुसीको कुरा हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशमा रहनेले परिवारसँग कमैले मात्र पर्व मनाउन पाउँछन् ।”यस्तै अन्य क्षेत्रमा पेशा गर्नेहरु पनि टीका लगाउनबाट बञ्चित हुन्छन् । सञ्चार क्षेत्र, यातायत, सरसफाई, हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन् । आलो पालो गरेर उनीहरुले काम गर्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार