मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

Ujyalosandeshonline 11768+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

जनकपुर । नयाँ वर्ष २०८२ को दास्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ । शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्भावको प्रतिक रहेको जुडशीतल पर्व आज मनाइँदैछ । जुडशीतलमा शीतल जल (चिसो पानी) ले घर, तुलसी चौरा, बोटबिरुवा र मान्छेको शुद्धीकरण गरिन्छ । आजको दिन घरका ठूलाबडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरुको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा रहेको छ । यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहिआएको छ । आजको दिन विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ ।

घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्रकृतिसंगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ । तराईका क्षेत्रहरुमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शितलता प्रदान गर्ने जन विश्वास रहेको छ । जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार