मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश

Ujyalosandeshonline 12547+ समाचार ( )
१ कार्तिक २०८३, शनिबार

भैरहवा। नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा रास्वपाका जिल्ला सभापति महेन्द्र उपाध्याय चापागाईंले खानलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएको प्रदेश सल्लाहकार विनोद खरेलले जानकारी दिए।

पार्टी प्रवेश कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तौफिक अहमद खान, प्रदेश सल्लाहकार विनोद खरेललगायत लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका तथा मायादेवी गाउँपालिकाका रास्वपा नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य बनेका खानको रास्वपा प्रवेशलाई रुपन्देहीको स्थानीय राजनीतिमा चासोका साथ हेरिएको छ। यद्यपि, उनले पार्टी परिवर्तन गर्नुको कारण र आगामी राजनीतिक योजनाबारे औपचारिक धारणा सार्वजनिक भएको छैन।

खान २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५(ख) बाट नेपाली कांग्रेसका उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। उनले १६ हजार ६८३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई ७ हजार ४३३ मतले पराजित गरेका थिए।

प्रदेशसभामा रहँदा उनले नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालेका थिए। २०७७ कात्तिकमा उनलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको थियो।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट कांग्रेसका उम्मेदवार बनेका थिए। तर, जनमत पार्टीका चन्द्रकेश गुप्तासँग पराजित भएका थिए। उक्त निर्वाचनमा खानले ११ हजार ६५१ मत प्राप्त गरेका थिए।

खानको रास्वपा प्रवेशसँगै रुपन्देहीमा पार्टीको संगठन विस्तार र आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ। विशेषगरी रुपन्देही क्षेत्र नम्बर ५ मा कांग्रेसबाट प्रदेशसभा सदस्य भइसकेका नेताको प्रवेशलाई रास्वपाले आफ्नो संगठन थप बलियो बनाउने अवसरका रूपमा लिएको हुन सक्ने राजनीतिक वृत्तमा आकलन गर्न सकिन्छ।

यस विषयमा खानको धारणा लिन सम्पर्क गर्ने प्रयास गरिए पनि उनको मोबाइल फोन स्विच अफ रहेकाले सम्पर्क हुन सकेन। पार्टी परिवर्तन गर्नुको कारण, रास्वपामा आबद्ध हुनुका उद्देश्य र आगामी राजनीतिक भूमिकाबारे उनको प्रतिक्रिया प्राप्त हुन सकेन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार