मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

भैरहवाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको उद्धार उडान आज दिउँसो हुने

Ujyalosandeshonline 12532+ समाचार ( )
२० अशोज २०८२, सोमबार

भैरहवा । बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएपछि रुपन्देहीको भैरहवा क्षेत्रमा अलपत्र परेका यात्रुहरूका लागि नेपाल वायुसेवा निगमले आज दिउँसो चार्टर्ड उडान सञ्चालन गर्ने भएको छ। यसअघि आइतबार राति ९ बजेका लागि तय भएको उडान प्राविधिक कारणले स्थगित भएको थियो ।

निगमले जारी गरेको सूचना अनुसार, काठमाडौंबाट भैरहवाका लागि दिउँसो १ बजे र भैरहवाबाट काठमाडौंका लागि २:४५ बजे उडान तालिका तय गरिएको छ। काठमाडौं-भैरहवाको भाडा ५ हजार रुपैयाँ र भैरहवा-काठमाडौंको भाडा ७ हजार रुपैयाँ निर्धारण गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतका अनुसार, अलपत्र परेका यात्रुहरू, बिरामी र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई लक्षित गरी १५८ सिट क्षमताको एयरबस ३२० जहाजबाट यो विशेष उडान सञ्चालन गरिनेछ। यस उडानले धेरै यात्रुहरूलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार