मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |
मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |


उद्योगी–व्यवसायी र सुरक्षा निकायबीच समन्वय बढाउने सहमति

Ujyalosandeshonline 11775+ समाचार ( )
तस्करी नियन्त्रण र सुरक्षित व्यापारिक वातावरणमा जोड*
१ चैत्र २०८२, आइतबार

भैरहवा । रूपन्देहीका उद्योगी–व्यवसायी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखबीच तस्करी नियन्त्रण, उद्योग–व्यवसायको सुरक्षा तथा व्यापार सहजीकरणका विषयमा सहकार्य बढाउने सहमति भएको छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले आइतबार आफ्नो सभा हलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रमा बढ्दो तस्करी, ट्राफिक व्यवस्थापन, व्यवसायिक सुरक्षा र वैध व्यापारलाई सहज बनाउने विषयमा उद्योगी–व्यवसायी र सुरक्षाकर्मीबीच खुला छलफल भएको हो।

कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले वैध रूपमा व्यवसाय सञ्चालन गर्ने उद्योगी–व्यवसायीलाई सुरक्षाकर्मीले प्रोत्साहन र सहयोग गर्नुपर्ने बताउनुभयो। अवैध व्यापार र तस्करी नियन्त्रणमा सुरक्षा निकायले अझ सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले गलामण्डी लगायतका केही स्थानमा अस्थायी प्रहरी पोस्ट हटाइएपछि सुरक्षामा चुनौती बढेको भन्दै त्यस्ता स्थानमा पुनः प्रहरी पोस्ट स्थापना गर्न आग्रह गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग–व्यवसायको सुरक्षा सुनिश्चित हुन सके मात्र लगानी र व्यवसायिक गतिविधि विस्तार हुने बताउनुभयो। वर्तमान आर्थिक तथा राजनीतिक परिस्थितिका कारण उद्योग–व्यवसाय प्रभावित भएको उल्लेख गर्दै यस्तो अवस्थामा सुरक्षा निकायको सहयोग अत्यन्त आवश्यक रहेको उहाँले बताउनुभयो।

महासङ्घका केन्द्रीय सदस्य भीष्मप्रसाद न्यौपानेले सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियताको प्रशंसा गर्दै तस्करी नियन्त्रणमा पनि त्यत्तिकै कडाइ आवश्यक रहेको धारणा राख्नुभयो।

त्यस्तै, सङ्घका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले उद्योग–व्यवसायको हितमा प्रहरी प्रशासन र निजी क्षेत्रबीच समन्वय अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।

निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले प्रहरी प्रशासनले निष्पक्ष र पारदर्शी रूपमा काम गरे उद्योग–व्यवसायको वातावरण स्वतः सुधार हुने बताउनुभयो।

सङ्घका सल्लाहकार विष्णुप्रसाद शर्माले अपराध नियन्त्रणका लागि सुरक्षा प्रणालीलाई डिजिटल प्रविधिसँग जोड्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले सीमा क्षेत्रमा मोटरसाइकलमार्फत दैनिक रूपमा हुने चिनी, किराना तथा खाद्यान्न सामग्रीको तस्करीले स्थानीय बजार प्रभावित भएको गुनासो गरेका थिए। खुला सीमाका कारण भारतीय बजारबाट हुने अवैध कारोबार नियन्त्रण गर्न कडाइ आवश्यक रहेको उनीहरूको भनाइ थियो।

सुरक्षा निकायका तर्फबाट प्रतिक्रिया दिँदै सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वार्टर रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले अवैध रूपमा भित्रिने सामानको खरिद–बिक्रीमा स्थानीय बजारको भूमिका पनि महत्वपूर्ण हुने भएकाले त्यसतर्फ व्यवसायीहरूले समेत सचेत हुनुपर्ने बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि प्रहरी उपरीक्षक जनकबहादुर शाहीले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रहरी प्रशासन सधैँ तयार रहेको बताउनुभयो। सहकार्यबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कानुन उल्लङ्घन गर्नेहरूमाथि भने कडाइका साथ कारबाही गरिने स्पष्ट पार्नुभयो।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव कृष्णप्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै