मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

लोप हुँदै गएको ‘भैलो पर्व’ संरक्षणमा मुगाली

Ujyalosandeshonline 12547+ समाचार ( )
१५ पौष २०८१, सोमबार

दान बहादुर बुढा 

मुगु । हिमाली जिल्ला मुगुलगायत जुम्ला ,कालीकोट, हुम्ला,डोल्पामा पर्वकोरुपमा मनाइने ‘भैलो पर्व’ लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताका स्थानीय पश्चिमी भेषभूषा रितिरिवाजमा आकर्षित हुन थालेपछि भैलो लोप हुने अवस्थामा पुगेको हो ।

मुगमकामारोङ्खढका चिमाथ,पापु,छाईल बस्तीमा स्थानीय हिन्दु धमालम्बीहरु मिलेर लोपहुनलागेको पर्व संरक्षणमा पनि जुटेका छन् । शसस्त्र माओवादी १० बर्षको जनयुद्व हुँदा थलापरेका धार्मिक तथा सास्कृतिक रितिरीवाज चाडपर्वहरु लोप हुनबाट जोगाउने तयारी पनि भइरहेको छ । 

भैलो प्रत्येक वर्ष तीन फरक फरक तिथि, मितिमा खेलिन्छ । पहिलो देउसीभैलो कार्तिक कृष्ण पक्ष अर्थात गाई तिहारको दिनबाट खेलिन्छ । दोस्रो भैलो कर्णाली खसान क्षेत्रमा मङ्सिरे पूर्णिमाका दिन खेलिन्छ । जसलाई सानो भैली भन्ने चलन छ । अर्को भैलो कर्णाली खसान क्षेत्र र सुदूरपश्चिम खसानका केही क्षेत्रमा पुस महिनाको औंसीदेखि पूर्णिमासम्म खेलिन्छ । जसलाई पुसे भैलो अर्थात ठूली भैलो भनिन्छ ।

१६ वर्षमुनिकाले खेल्ने भैलीलाई सानी भैली  र बूढापाकाहरुले खेलिने ठूली भैलीलाई छाँट भैली भन्ने गरिन्छ  । महिलाहरुले फरिया लगाउने, आँचला हाल्ने, लठ्ठी हातमा लिएर लामो लयमा मागल गाएजस्तो गरी गाउने गर्छन् । पुरुषहरुले छोटो तरिकाले भैलो गाउने चलन छ ।

मंसिर पूर्णिमा र पुसे औंसी सम्म खेलिएको भैलोबाट उठेको चामल, पैसा, खानेकुरा आदि जम्मा गरेर त्यसको एक÷दुई दिनपछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामूहिक भोज आयोजना गरिन्छ । जसलाई पाठेभात भनिन्छ । पुसे भैलोको बेला विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर आफन्तहरु भेटघाट गर्ने बिभिन्न परिकारका खाना खाने, सबै गाँउघरमा मानिसहरु एक ठाँउमा जम्मा भएर नाचगान गरिएको स्थानीय धनकृष्ण बडुवालले बताए । 

मुगुको पूर्वी भेगमा रहेको मुगमकामारोङ्खगाँउपालीकामा रहेको १ देखी ८ वडामा सबै बस्तीहरुमा लामा अर्थात जनजातिहरुको वाहुल्यता रहेको र ९ वडामा हिन्दु धमालम्बीहरु बस्ने भएकाले अन्य धर्मको गतिबिधीहरु बढी हुने र हिन्दुहरुका पर्व चाडपर्वहरु संस्कृति हराउँदै गएकाले संरक्षण गर्न लागिएको वडाध्यक्ष रतन बहादुर बुढाले बताए । नेपालमा जुम्लाका कल्यालवंशी १४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपासका बलिराज रावल (शाही ) र अर्का बली अर्थात बलिहाङ पाल्पा बल्ढेङगढी क्षेत्रका मगर राजा थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार