मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भैरहवामा चित्रांश कप–२०८० क्रिकेट प्रतियोगिता सुरु

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

भैरहवा । चित्रांश युथ क्लब भैरहवाको आयोजना र श्री चित्रगुप्त युवा सेवा समितिको सहयोगमा भैरहवामा चित्रांश कप–२०८० (क्रिकेट प्रतियोगिता) मंगलबार सुरु भएको छ । चौथो संस्करणको प्रतियोगितामा चित्रांश टाइगर्स, चित्रांश सुपर किंग, पानस–११ र केएफ लायन्स गरी चारवटा टीमको सहभागीता रहेको चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले खेलकुद र पर्यटन क्षेत्र एक अर्काका परिपुरक भएको बताए । मन्त्री पाण्डेयले चित्रांश युथ क्लबले हरेक वर्ष क्रिकेट प्रतियोगितालाई निरन्तरता दिएको भन्दै खुसी व्यक्त गरे । उनले चित्रगुप्त मन्दिरमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अधिवक्ता दिलिप कुमार मल्लिकले यस्ता प्रतियोगिताले चित्रांश परिवारबीच आत्मीयता बढ्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । चित्रांश युथ क्लबकी सदस्य सेजल मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित प्रतियोगिता अन्तर्गत पहिलो खेल पानस–११ र चित्रांश टाइगर्सबीच भइरहेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार प्रत्येक खेल १२ ओभरको हुने र प्रतियोगिता आजै समापन हुनेछ ।

आगामी वर्ष पनि क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइने श्री चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार