मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


सिप सिक्दै, आम्दानी गर्दैः आत्मनिर्भर बन्दै सुस्ताका महिला

मञ्जु यादव 1+ समाचार ( )
२२ असार २०८२, आइतबार

नवलपरासी । एक समय थियो जब सुस्ता गाउँपालिकाकी सुस्मिता यादवलाई घर खर्च चलाउन श्रीमानको कमाइमा निर्भर रहनुपथ्र्यो । तर, आज उनी आफैं चप्पल बनाएर मासिक १० देखि १५ हजार रुपैयाँ कमाउँछिन् र परिवारको खर्चमा ठूलो योगदान गरिरहेकी छिन् । गाउँपालिकाले दिएको सिप विकास तालिमले सुस्मिता जस्ता सुस्ताका धेरै महिला र स्थानीय युवाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ ।

विगतमा खेतीपातीमा व्यस्त रहने सुस्मिता अहिले बिहानदेखि साँझसम्म चप्पल बनाउनमा तल्लीन हुन्छिन् । बेसिक र एडभान्स तालिम लिएपछि कोठामै मेसिन राखेर व्यावसायिक उत्पादन थालेकी हुन् । “सुरुमा परिवारले पत्याएन, तर जब मैले कमाउन थालेँ, घर र समाजको हेर्ने दृष्टिकोण नै बदलियो,“ सुस्मिताले खुसी व्यक्त गर्दै भनिन्, “अहिले त छिमेकी दिदीबहिनीहरूलाई पनि तालिम दिइरहेको छु।” बजारको कुनै समस्या नभएको र फोनबाटै अर्डर आउने गरेको उनले बताइन् । तर, उत्पादन बढाउनका लागि गाउँपालिकाले थप मेसिन (साँचा) उपलब्ध गराए अझै सहज हुने उनको अपेक्षा छ ।

सुस्ताकै अर्का सफल उद्यमी हुन् मनोहर मिया कोभिड–१९ का कारण वैदेशिक रोजगारबाट फर्किएपछि भविष्यको चिन्ताले निन्द्रासमेत नलाग्ने अवस्थामा पुगेका उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केराको चिप्स बनाउने तालिम दियो । सुरुमा चक्कुले केरा काटेर सामान्य रूपमा बिक्री सुरु गरेका मनोहरले अहिले ‘त्रिवेणी खाद्य उद्योग’ नै दर्ता गरेका छन् । चार लाखको लगानीबाट सुरु भएको उनको व्यवसाय अहिले ३० लाखको पुगिसकेको छ र उनले सात जना स्थानीयलाई रोजगारीसमेत दिएका छन् ।

“परियोजनाले मेसिन उपलब्ध गराएपछि उत्पादन बढ्यो र बुटवल, भैरहवादेखि काठमाडौँसम्म माग आउन थाल्यो,“ मनोहरले भने, “अझै मेसिन थपिए देश–विदेशमा उत्पादन पठाएर मनग्य आम्दानी गर्न सकिन्थ्यो।“ उनको व्यवसायमा श्रीमती र भाइले पनि सघाउँदै आएका छन्।

त्यस्तै, सिलाइ कटाइको काम गर्ने संगीता देवी हरिजन पनि आत्मनिर्भरताको अर्को उदाहरण हुन् । दुई वर्षअघि ’खुशबु टेलर्स’ दर्ता गरेकी संगीता भन्छिन्, “पहिले मलाई समाजले चिन्दैनथ्यो, छोराछोरीलाई कापी–कलम किन्न पनि श्रीमानको बाटो कुर्नुपथ्र्यो। आज आफ्नै कमाइले घर खर्च चलाउँछु र टाढा–टाढाबाट कपडा सिलाउन आउनुहुन्छ ।” उनले आफ्नो पसलमार्फत सात जना महिलालाई तालिमसमेत दिइरहेकी छिन् ।

सुस्ता गाउँपालिकाले स्थानीय, विशेषगरी महिला र सीमान्तकृत समुदायलाई उद्यमी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीका अनुसार पछिल्लो तीन वर्षमा ३४५ जनालाई आधारभूत तथा स्तरउन्नति तालिम दिइएको छ। “चप्पल बनाउने तालिम लिएका ३५ मध्ये १३ जनाले निरन्तरता दिएपछि उहाँहरूलाई थप तालिम र प्रविधि हस्तान्तरण गरिएको छ,“ उनले भनिन्, “आलु चिप्स, अचार, दालमोठ, भुजिया, चुरापोते जस्ता अन्य तालिम पनि सञ्चालन भइरहेका छन्।”

उत्पादन बढेसँगै बजारीकरणको चुनौतीलाई सम्बोधन गर्न गाउँपालिकाले ’सुस्ता महिला कोसेली घर’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ, जसले स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन बेच्न थप सहज बनाउनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार