मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

गुलशन झाको उत्कृष्ट प्रदर्शका बाबजुद नेपाल ओमानसँग पराजित

Ujyalosandeshonline 12490+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

काठमाडौं । क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ । अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन् । 

नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा ग¥यो। ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेर खेललाई रोमाञ्चक मोडमा पु¥याए पनि अन्तिम ओभरमा ओमानले जित हात पारे । शकिल अहमदले चौका प्रहार गर्दै ओमानलाई जितनजिक पु¥याए भने कलिमउल्लाहले विजयी चौका हाने । 

ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा ४१ रन बनाएर अग्रणी भूमिका खेले । कश्यप प्रजापतीले ३६ रन बनाउँदै ओमानको जितको नींव तयार पारे। नेपालका बलरहरूमा गुलशन झा सबैभन्दा प्रभावकारी साबित भए, जसले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र आरिफ शेखले समान १–१ विकेट लिए ।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ६० रनको अर्धशतकीय पारी खेले भने गुलशन झाले ५३ रन बनाए । दुवै खेलाडीको योगदानले नेपाललाई सम्मानजनक स्कोरमा पु¥यायो । नेपाल र ओमानसँगै क्यानडा सहभागी यस त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेल क्यानडासँग असोज ६ गते खेल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार