मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

Ujyalosandeshonline 11864+ समाचार ( )
२५ कार्तिक २०८२, मङ्गलबार

वीरगञ्ज (पर्सा) । पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने प्रवृत्ति देखिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले केही दिनयता सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिलबिजक नक्कली बनाइ त्यस्ता बिलबिजकमार्फत विभिन्न व्यापारिक समूहबाट सामान खरिद गरेर ठगी गर्ने प्रवृत्ति बढेकाले सचेत रहन अनुरोध गर्नुभयो ।

“नक्कली बिलबिजक बनाएर यहाँ  सिमेन्ट, छड, मदिरा, मोटर पाटर््स आदि) खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा एकिन भएपश्चात मात्र गर्नुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो, “आधिकारिकताबिनाका कुनै सामान खरिद नगर्नुहुन अनुरोध गरिन्छ, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले  केही दिनदेखि यहाँ नक्कली बिलबिजक बनाएर सिमेन्ट, छड, मदिरा, मोटर पाटर््स आदि खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा सामान खरिद गर्ने प्रतिष्ठानका आधिकारिक व्यक्तिसँग एकिन गरी मात्र कारोबार गर्नुहुन अनुरोध गरेको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले प्रतिष्ठित औद्योगिक घराना, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूका नाममा सामान खरिद गर्न आउने खरिदकर्ताको आधिकारिकता नबुझी त्यस्तासँग व्यावसायिक कारोबार, लेनदेन नगर्न हुनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार