मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मन्त्री गुप्ताको माग : ठूला नेता र कर्मचारीको सम्पत्ति छानबीन हुनुपर्छ

Ujyalosandeshonline 12547+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

भैरहवा । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)ले देशको आर्थिक अवस्था सुधार गर्नका लागि ठूला नेता र कर्मचारीको सम्पत्ति छानबीन गर्नुपर्ने बताएका छन् । उनले सम्पूर्ण ठूलाबडा नेता र कर्मचारीको सम्पत्ति छानबीन नगरेसम्म यो देशको आर्थिक अवस्थामा सुधार आउँदैन जस्तो आफूले बुझेको बताए ।

सन शाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई  सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले भने, ‘विभिन्न कार्यक्रम मैले सम्पत्ति छानबीन हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको छु । तर, कुनै सुनुवाई भएको छैन । यो देशको ठूलो बिडम्बना हो ।’

उनले पुराना राजनीतिक दलका नेताहरु सत्ता र कुर्सीका लागि मात्र राजनीति गरेको जस्तो देखिएको बताए । मन्त्री गुप्ताले आजको समयमा यो देशलाई कसरी समृद्धितर्फ लैजान सकिन्छ भन्ने सपना बोक्नुपर्नेमा जोड दिए ।

उनले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । उनले आफूले सन शाइन आवासीय माविमा अध्ययन गरेको र विद्यालयको वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिको रुपमा बोल्न पाउँदा खुसीको अनुभुति भएको बताए । मन्त्री गुप्ताले भने, ‘शिक्षा क्षेत्रको विकास अपरिहार्य छ । विद्यालयको लागि सामाजिक विकास मन्त्रालयबाट विद्यालयका लागि केही काम गर्न सकौं भन्ने सोच छ । आमाबुवासँगै शिक्षकशिक्षिका हाम्रो भगवान हुन् । यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भविष्यमा प्रधानमन्त्री बन्छु भन्ने सोचका साथ अघि बढ्नुपर्छ ।’

लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयर पदमा झिनो मतले पराजित भए पनि निर्वाचित मेयर भन्दा आफ्नो बढी चर्चा भएको उनले दावी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार