मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

दरवन्दी अनुसार कर्मचारी नहुँदा समस्या, एउटै कामका लागि हप्तादिन लाग्ने

Ujyalosandeshonline 10783+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

मनोज कुमार साह

रौतहट । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरवन्दी अनुसारको कर्मचारी नहुँदासेवा प्रवाहमा समस्या भएको छ । कार्यालयमा एक उप–सचिव, दुई शाखा अधिकृत, पाँच सुव्वा , खरदार र कम्युटर अपरेटरलगायतको दरवन्दी कायम रहेको भएपनि सो अनुसार नहुँदा समस्या भएको हो । नागरिकता तथा नगरिकताको प्रतिलिपी लिनका लागि पनि पाँचदेखि सात दिनसम्म लाग्ने गरेको गुनासो आएको छ ।

कार्यालयमा कर्मचारी अभावका कारण सेवाग्राहीले एउटै कामका लागि हप्ता दिनसम्म धाउनुपर्ने बाध्यता भएको चन्द्रपुरका युवा नेता विनोद दुलालले बताए । उनका अनुसार काम विशेषले आएका सेवाग्राहीले सहज रुपमा सेवा नपाउँदा निराश भएको हुन् ।

समाजिक सुरक्षा भताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि बनाउनका लागि आउने वृद्ध वृद्धाको संख्या बढेको उनले बताए । कार्यालयमा आएका वृद्धवृद्धाले सहज रुपमा सेवा नपाएको र चर्को गर्मीमा बस्ने व्यवस्था समेत नहुँदा समस्यामा परेको उनले जानकारी दिए ।

इलाका प्रशासन कार्यालयमा विहिबार आफु काम विशेषले जाँदा वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिले सेवा लिन निकै कष्ट भएको पाइएको उनले उल्लेख गरेका छन् । हरेक कार्यालयमा वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यतिmलाई ग्राहयता दिनुपर्नेमा प्रशासन कार्यालयबाट नभएको प्रति उनले दुखेसो गरेका छन् ।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव नेत्र प्रसाद शर्माले कर्मचारी अभावका कारण काममा वाधा पुगेको स्विकार गरेका छन् ।

दुई शाखा अधिकृतको दरवन्दी रहेको यस कार्यालयमा अहिले एकजना पनि नहुँदा समस्या भएको उनले जिकिर गरेका छन् । केही दिनअघि शाखा अधिकृत यादव भण्डारीको सरुवा भएपछि कोही यस कार्यालयमा आउन नमानेको समेत उनले बताए ।

उनका अनुसार यस बिषयमा पटक पटक मन्त्रालयमा पत्रचार गर्दै आएको भएपनि सुनुवाई नभएको हो । २०५५ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा २०७० सालदेखि उपसचिवको दरबन्दी कायम गरिएको थियो ।

पछिल्लो समय इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या बढेको छ । अब सामाजिक सुरक्षा भत्ता मात्र नभई नागरिकता देखाएर पाइने गरेका सबै प्रकारका सेवा राष्ट्रिय परिचयपत्रका आधारमा दिने तयारीमा सरकारले गरेको छ ।

अहिले ई पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको भन्दै नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्नेगरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै