मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

पञ्चबर्षीय गढीमाई मेला धुमधाम, डेढ करोड भक्तजन आउने अनुमान

Ujyalosandeshonline 12548+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

बारा । बारा महागढीमाई नगरपालिकाको वडा नम्बर १ बरियारपुरमा पञ्चबर्षीय गढीमाई मेला लागेको छ । करिव एक महिनासम्म लाग्ने पञ्चबर्षीय गढीमाई मेला नेपालसहित भारतबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

गढीमाई प्रतिको श्रद्धा भाव र मागेको कुरा पूरा हुने विश्वासले यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । श्रद्धालुहरु पाँच बर्षमा उपस्थित भई भाकल पूरा भएको खुशीयालीमा पशुवली दिने गर्छन् ।

शनिबार मध्यरातमा विशेष पूजापश्चात् आइतबार बिहान पञ्चबली र त्यसपछि राँगावली सुरु हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ ।

शनिबार मध्यरात अर्थात आइतबार सूर्योदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगावली सुरु हुनेछ । 

तान्त्रिक विधिबाट पूजारीले गढीमाईलाई पञ्चवली दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशुवलि दिने परम्परा रहिआएको गढीमाईका मूल पूजारी मङ्गल चौधरीले बताए । उनका अनुसार सोमबार भने बोका बली दिइने छ ।

दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एंव महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले बताए । 

यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलका रुपमा परिचित छ । उक्त मेलामा एकदेखि डेढ करोड भक्तजनहरु आउने अनुमान गरिएको छ । तर गढीमाई दिइने बलिका विषयमा पशु अधिकारकर्मीहरुले चर्को विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार