मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

असोज १७ र १८ गतेको अविरल वर्षापछिको कुलेखानीको मनमोहक दृश्य

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

मकवानपुर । असोज १७ र १८ गते परेको अविरल वर्षापछि मानव निर्मित इन्द्रसरोवर ताल अर्थात् कुलेखानीको दृश्य निकै मनमोहक बनेको छ । लगातार वर्षासँगै जलाशयमा पानीको सतह उल्लेख्य रूपमा बढेपछि वरिपरिका हरियाली पहाड र पानीमा परावर्तित दृश्यले तालको सुन्दरता झन् आकर्षक बनेको छ ।

स्थानीय बासिन्दा र पर्यटकहरू बिहानको घामसँगै कुलेखानी पुगेका देखिन्छन् । पहाडको फेदीमा फैलिएको निलो पानी, वरिपरिका बोटबिरुवाको हरियाली र शान्त वातावरणले ताल क्षेत्रको सौन्दर्यमा थप रंग भरेको छ ।

वर्षापछि पानीको सतह बढ्दा कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिँदै गएको छ। स्थानीयका अनुसार वर्षाको पानी स्थिर भएपछि तालको प्राकृतिक रूप झनै सुन्दर देखिएको छ । फोटो खिच्ने, बोटिङ गर्ने र घुमफिर गर्नेहरूका लागि कुलेखानी अहिले आकर्षणको केन्द्र बनेको छ । पर्यटक व्यवसायीहरूले पनि हालको मौसम कुलेखानी भ्रमणका लागि उपयुक्त भएको बताएका छन् । उनीहरूको भनाइमा, वर्षापछि निखरिएको हावा र हरियालीले कुलेखानीको प्राकृतिक सौन्दर्यमा नयाँ चमक थपेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार