मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

आर्थिक गणना सफल बनाउन आग्रह

रासस 583+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

जनकपुरधाम ।  जिल्ला आर्थिक गणना कार्यालयले आगामी वैशाख २ गतेदेखि हुने राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन जिल्लाका उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ । उक्त कार्यालयले बिहीबार यहाँ छलफल कार्यक्रम गरेर आर्थिक गणना प्रदेशको आर्थिक विकासका निम्ति राष्ट्रिय  नीति तर्जुमा गर्न महत्वपूर्ण हुने भएकाले सही तथ्याङ्क उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको होे । 

त्यस अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले देशको आर्थिक उन्नयनका निम्ति राज्यबाट गरिने हरेक क्रियाकलापमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएकाले सबैलाई हालेमालो गरेर अघि बढ्न आह्वान गर्नुभयो । जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले तथ्यमा आधारित व्यावसायिक सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयोे । 

औषधि व्यवसायी सङ्घका अध्यक्ष प्रमोद अग्रवालले  उद्योग तथा व्यवसायका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्छ भन्नुभयो । जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख शिवनारायण महतोका १८ क्षेत्रलाई समेटेर असार ७ गतेसम्म गणना गरिनेछ । अघिल्लो आर्थिक गणनामा मधेस प्रदेशमा एक लाख १७ हजार ६७० प्रतिष्ठान कायम थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार