मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

मन्त्री पाण्डेको निर्देशन– ‘भेटघाट र कार्यक्रम बन्द गरेर हवाइ सुरक्षामा ध्यान दिऔं’

Ujyalosandeshonline 12614+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करीब १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको बताएका छन् ।

बुधबार नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएपछि मन्त्री पाण्डेले एकसाताका लागि पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमहरुलाई स्थागित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायहरुलाई परिचालन गर्ने बताए ।

मन्त्रीको सचिवालयका तर्फबाट प्रेस नोट जारी गर्दै हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वभाविक ढिलाइ भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायतका सम्बन्धित पदाधिकारीहरुसँग जानकारी लिएका थिए ।

सो क्रममा प्राविधिक कारणले दुर्घटना एकिन गर्न केही समय लागेको र दुर्घटनास्थल पहिचान हुनासाथ प्रतिकुल मौसमका बाबजुत उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर पठाइएको सो हेलिकप्टर फिर्ता हुन नसकी राती पनि सोही स्थानम नै रहेको जानकारी गराएका थिए ।

दुर्घटनामा ज्यान गुमाउनु भएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मन्त्री पाण्डेले नेपाली उड्डयन क्षेत्रले भोग्नु परेको असहजताको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गरेका छन् ।

एयर डाइनेस्टीको ९ एन–एजेडी कलसाइन हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो। दिउँसो १ बजेर ५४ मिनेटमा भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ बजेर १४ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो । 

हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । दुर्घटना लगत्तै खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो । 

सबैको शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

दुर्घटनाको छानबिन गर्न आयोग पनि गठन गरिएको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार