मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भ्रष्टाचार बिरुद्व अभियान

अनिल नेपाली 141+ समाचार ( )
५ असार २०८२, बिहीबार

अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल  जिल्ला समिति अर्घाखाँचीले आज देखि भ्रष्टाचार विरुद्धको अभियानको शुभारम्भ गरेको छ ।  कार्यक्रमको पार्टीका पोलिटव्युरो सदस्य प्रेम सुवेदीले उद्घाटन गनु भएको थियो ।  

कार्यक्रमको उद्घाटन गदै नेता सुवेदीले बर्तमान सरकार भ्रष्टाचारमा निदाईरहेकोले यसका बिरूद नेपाली जनताले सशत्त सघर्ष गनुपर्ने बताउदै भ्रष्टाचारको अन्त्य गछु भन्ने प्रधानमन्त्री ओली माथि नै विभिन्न काण्ड भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट लगायतका काण्डमा नाम मुछिएकाले यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए । 

नेता सुवेदीले भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमाले लगायत सत्ताधारी राजनीतिक दलका कारणले भ्रष्टचार, बेथिति र बिचौलियाले देशमा पुरानै ठाउँमा जान खोजेको बताउदै उनीहरूलाई पुरानै ठाउँमा फर्कन नदिने खबरदारी गर्ने जनबादी व्यवस्था लिएर जनताका मुद्दा आफुहरू सम्वोधन गर्ने बताएका थिए । 

कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य कृष्ण केसीले नयाँ जनवादी ब्यबस्थाको लागि सघर्ष गदै बैज्ञानिक समाजवाद तर्फ अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज नरेन्द्र थापा क्षेत्रीले मुलुकमा दिन प्रतिदिन स्थानीय सरकार देखि केन्द्र सरकार सम्म बढिरहेको भ्रष्टाचारको अन्त्यको लागि सबै जनता गोलबन्द भई कडा प्रतिरोध गनुपर्ने बताएका थिए । कार्यक्रमको जिल्ला सेत्रेटरी राजेन्द्र नेपाली सहजीकरणमा सम्पन्न कार्यक्रममा पार्टी का विभिन्न जिल्लाका नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार