गुल्मीमा विषालु च्याउ सेवनले एकै परिवारका आठ जना बिरामी

मनु सुनार 31+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

गुल्मी । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् ।

रेसुंगा नगरपालिका - ८ खानीगाँउ स्थित रेसुङगा सामुदायिक वन देखि ल्याएको डल्ले च्याउ जस्तो देखिने जङगली च्याउ खादा एकै परिवारका ८ जना बिरामी परेका हुन् । 

स्थानीय ६५ वर्षीय टोम बहादुर थापाका  ज्वाइ ओसन काउछाले उक्त जङगली च्याउ पकाएर खादा  उनीहरू बिरामी परेका हुन् ।  

जंगली च्याउ खाँदा बिरामी परेका ६५ वर्षीय टोम बहादुर थापा, उनकी श्रीमती ६२ वर्षीय  दिल कुमारी श्रीस, छोरा  ३८ वर्षीय लक्ष्मण थापा र  २९ वर्षीय विकास थापाको उपचार भइरहेको छ ।

यस्तै थापाकी नातिनि १० वर्षीय दिपदिका थापा, १२ वर्षीय बिनिसा थापा, छोरी बर्ष ४२ वर्षीय सिर्जना काउछा र ३९ वर्षीय गीता थापाको उपचार भइरहेको छ ।

उनीहरूको गुल्मी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार