मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

फेवातालको छेउमा प्रहरी विट स्थापना

Ujyalosandeshonline 12611+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो । नवनिर्मित प्रहरी विटको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरे ।

सेदीको वाई.यु.के.सुपर मार्केटकै प्राङ्गणमा निर्माण गरिएको प्रहरी विटमा ६ जना प्रहरी रहने जनाइएको छ । करीब १६ लाखको लागतमा बनेको प्रहरी विटमा कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेका छन् । त्यसबाहेक गैह्राको चौतारादेखि रातोमाटेसम्म १२ वटा गुणस्तरीय सिसी क्यामरा पनि जडान गरिएका छन् ।

प्रहरी विट रहेको स्थानमा प्रहरी विट व्यवसायी युवराज खतिवडाले बनाई दिएका हुन् भने त्यहाँ चाहिने आवश्यक सामाग्री पनि आफूले नै व्यवस्थापन गरेको उनले बताए । त्यसबाहेक सिसी क्यामरालगायतका खर्च भने हाललाई आफूले दिएपनि स्थानियले अर्थ संकलन गरेर फिर्ता गर्ने गरी गरिएको उनको भनाई छ ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी भोलाबहादुर रावलले शान्ति सुरक्षा कायम गर्ने पहल अन्तर्गत प्रहरी विट निर्माण भएको भन्दै यसमा आवश्यक जनशक्ति व्यवस्थापन चाँडै गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार