मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

लुम्बिनीरोडमा रहेका ग्यारेज ३५ दिन भित्र हटाउन नगरपालिकाको अल्टिमेटम

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले लुम्बिनी रोडमा सञ्चालनमा रहेका विभिन्न ग्यारेजहरु ३५ दिन भित्र त्यहाबाट हटाउन ३५ दिने सूचना प्रकाशन गरेको छ । नगरलाई सफा, सुन्दर र पर्यटकिय दृष्टिले आकर्षक बनाउन उक्त स्थानबाट ग्यारेजहरु हटाएर अटोभिलेजमा लैजान नगरपालिकाले निर्देशन गरेको हो । 

भैरहवामा यत्रतत्र रहेका ग्यारेजहरुलाई व्यवस्थापन गर्न २०७० सालमा सिद्धार्थ अटो भिलेज स्थापना भए पनि व्यवसायीहरु त्यहाँ जान मानिरहेका छैनन् । नगरपालिकाले सिद्धार्थनगरलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै सम्झौता गरेको थियो । 

अटो भिलेजका लागि श्रमिकहरूले जग्गा खरिद गरेका र सडक, खानेपानी, विद्युत लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौता गरेको थियो र ती सबै तयार समेत भईसकेको नगरपालिकाले जनाएको छ । तर ११ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा आउन सकेको छैन । 

ग्यारेज सञ्चालकहरुले अटोभिलेजको ठेगाना राखी ब्यवसाय दर्ता गरेर लुम्बिनी रोडमा ग्यारेज सञ्चालन गर्दै आएका छन् भने कतिपयले दर्ता नै नगरि ब्यवसाय सञ्चालन गरिरहेका छन् । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले यस विषयमा नगर कार्यपालिकाले बैशाख ९ गते निर्णय गरेको बताए । उनले  पटक पटक अटोभिलेजमै व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई जानकारी गराईएका पनि ब्यवसायीहरुले अटेर गर्दै आएको बताए । “नगरलाई सफा, सुन्दर र पर्यटकिय बनाउन अटोभिलेज बाहेक अन्यत्र स्थानमा ग्यारेज सञ्चालनमा रोक लगाईएको छ ।” थापाले भने “अहिले त्यो अवश्थाका कडाईका साथ लागु गर्ने गरि ३५ दिने स्थानान्तरणको सूचना जारी गरेका हौं ।”

नगरपालिकाको यो निर्णयको नेपाल अटो मेकानिक्स ट्रेड युनियनले स्वागत गरेका छ । युनियनका नगर अध्यक्ष गुमान सिंह सारुले लामो समय देखिको प्रयासले बल्ल सार्थकता पाउला जस्तो देखिएको बताए । उनले पटक पटकको प्रयास पछि अहिले सिद्धार्थ अटो भिलेज सञ्चालनले निरन्तरता पाउने आशा पलाएको बताए ।

सिद्धार्थनगरको बुद्धचोकदेखि विमानस्थल चोकसम्म (लुम्बिनी मार्ग) करिब ७५ वटा र नगरभरि गरि साढे ३ सयभन्दा बढी ग्यारेजहरु अव्यवस्थित रुपमा सञ्चालनमा छन् । बुद्ध जन्मस्थलको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले अव्यवस्थित रुपमा सञ्चालित ग्यारेजलाई व्यवस्थित नगर्दा लुम्बिनी मार्ग कुरुप बन्दै गएको भन्दै स्थानियहरुले गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार