मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम

Ujyalosandeshonline 12612+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

जनकपुर । ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् । बुधबार (आज) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् ।

राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको जिम्मा लिएर बेवास्ता गर्दै आएको स्थानीयवासीको आरोप छ । लामो समयदेखि पुल निर्माण अधुरोध रहेका कारण दर्जनौँ मानिस दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् ।

मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माणका नाममा भइरहेको लापरबाही जनताको जीवनसँग खेलवाड भएको टिप्पणी गर्दै भने, ‘हामीले धेरै सह्यौं, अब धैर्यको सीमा नाघेको छ। यदि तत्काल निर्माण सुरु भएन भने जनस्तरबाट संघर्ष चर्किनेछ ।’

उनका अनुसार आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदैछ । वार्ता सकारात्मक नभए आमसभा, धर्ना, मसाल जुलुसजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनले दिए ।

पुल नहुँदा साना सवारीसाधन खोलाको पेटीबाट जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्। चक्काजाममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार