मुख्य समाचार
नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान | ‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीद्वारा नौबुँदे निर्देशिका जारी | सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ |

राम्रो आम्दानी हुने भएपछि कागती खेतीमा आकर्षण

Ujyalosandeshonline 11310+ समाचार ( )
१६ अशोज २०८२, बिहीबार

रामेछाप । राम्रो आम्दानी हुन लागेपछि रामेछापका कृषकहरू कागती खेती तर्फ आकर्षित भएका छन् । अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य भएपछि किसानहरू त्यस तर्फ आकर्षित भएका हुन् । एक पटक लगाएपछि वर्षौँसम्म फल दिने र बजारको राम्रो सम्भावना भएपछि अन्य फलफूल र खेती भन्दा कागतीको खेती राम्रो भएको मन्थली नगरपालिका–५ सुनारपानीका भरत कार्की बताउँछन् । जङ्गली जनावरले दुःख पनि नदिने, एक पटक लगाएपछि सामान्य गोडमेल र मल दिँदा हुने भएकोले कागती खेती लगाएको उनले बताए । 

बाँदरले दुःख दिएर अन्य बाली लगाएर खान नदिने जमिनमा समेत कागतीको राम्रो खेती गर्न सकिने कार्कीले बताए । कागतीको बोटमा काँडा हुने र यसको फल पनि अमिलो हुने भएको बाँदरले नचलाउने उनले जानकारी दिए । भरतले आफ्नो २० रोपनी बारीमा एक हजार बोट कागती लगाएका छन् । धेरै पानी पनि आवश्यक नपर्ने भिरालो जमिनमा समेत लगाउन सकिने कागती खेतीबाट वार्षिक ६ लाख रुपैँया बढी आम्दानी हुने उनले बताए । 

सिजनको बेलामा पनि कागती एक सय रुपैँया किलोमा बिक्री हुने उनले बताए । राम्रो भाउ आउँदा २ सय ५० रुपैँया किलोमा सम्म कागती बिक्री हुने उनले जानकारी दिए । ‘यो टिप्ने बित्तिकै अन्य फलफूल, तरकारी जस्तो बिग्रिँदैन, बजारमा बिक्री भएन भने पनि, रस, अमिलो बनाएर वा अचार बनाएर पनि बिक्री गर्न सकिन्छ, त्यसमाथि यसको बजारमा साँधैभरि माग हुन्छ’, कार्कीले भने ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार