मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |

‘नियमित विजुली आपूर्ति नहुँदा उद्योग–व्यवसाय प्रभावित’

Ujyalosandeshonline 11003+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

विराटनगर । बिजुली आपूर्ति नियमित नहुँदा उद्योग–व्यवसाय क्षेत्रमा नकारात्मक असर गरिरहेको भन्दै उद्योगीहरुले यसको समाधान गर्न माग गरेका छन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा दैनिक आठघण्टा लोडसेडिङ भइरहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले नियमित विद्युत आपूर्तिको माग गरेको हो ।

विद्युत प्राधिकरणले बिनासूचना दैनिक लोडसेडिङ गरिरहेको भन्दै संगठनले तत्काल सुधारका लागि आग्रह गरेको छ ।

अर्थतन्त्रमा सुस्तता छाएको बेला उद्योगहरुको सञ्चालनमा अवरोध पुग्नु गलत हुने बताउँदै संगठनले समस्या समाधानका लागि सरोकारवाला निकायले चासो दिनुपर्ने जनाएको छ ।

संगठनका अध्यक्ष राकेश सुरानाले विज्ञप्ति जारी गर्दै उत्पादन क्षेत्रमा विद्युत आपूर्ति बन्द हँुदा त्यसको असर उपभोक्तामा पर्ने जनाउँदै बिद्युत नियमितताको जरुरी रहेको उल्लेख गरेका छन् ।

निरन्तर सञ्चालनमा रहनुपर्ने उद्योगहरुमा पूर्वसूचना बिना विद्युत आपूर्ति बन्द गरिंदा उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेरजाने, मेसिन विग्रनुका साथै श्रमिक व्यवस्थापनमा कठिनाइ हुने संगठनको भनाइ छ ।

यसले गर्दा अनावश्यक आर्थिक भार वहन गर्नु परिरहेकोप्रति गम्भीर हुन आग्रह गरिएको छ । उद्योग व्यवसायको सहज संचालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि विद्युत प्राधिकरण तथा सरकारका निकायहरुसमक्ष संगठनले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार