मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

सरकारले ग¥यो श्रमिकका समस्या समाधान गर्ने उद्देश्यले श्रमाधान सेवाको शुरुवात

Ujyalosandeshonline 12080+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको शुरुवात गरेको छ । बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । 

उनले भने, ‘श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ । श्रमाधानको पहिलो चरणमा ७ वटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको छ । श्रमाधान नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउन सरकारले प्राथमिकताका साथ शुरुवात गरेको एउटा कार्यक्रम हो ।’ 

उनले श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा ल्याएको बताए । 

विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप,पुँजी र ज्ञानलाई सम्बोधन गर्ने पनि समावेश गरिएको उनको भनाइ छ । 

उनले भने, ‘श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा लिएका आएका छौं। श्रमाधानको शुरुवात गरौं। श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत र व्यवहारिक योजना हो । श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ । श्रमाधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश रहेको छ ।’

मन्त्री अर्यालले आन्तरिक रोजगार महाशाखा नै स्थापनाको अन्तिम तयारीमा रहेको पनि जानकारी दिए । आन्तिरक रोजगारको लागि कसरी सृजना गर्ने देशभित्र विदेशबाट सिप र ज्ञान लिएर आएका नेपाली नागरिकहरुको क्षमताको सदुपयोग गरेर देशमा स्वरोजगार कसरी सृजना गर्ने भने छलफल अगाडि बढाएको उनको भनाइ छ । 

उनले भने, ‘हामीले आन्तरिक रोजगार महाशाखा नै स्थापनाको अन्तिम तयारीमा छौं । र अब हाम्रो प्रयास भनेकै रोजगार दशकको कुराहरु आइरोखको छ । हामीले रोजगार बैंकको कुरा गरिरखेको छौं । यो सबै आन्तिरक रोजगारको लागि कसरी सृजना गर्ने र स्वरोजगार कसरी बनाउने देशभित्र विदेशबाट सिप र ज्ञान लिएर आएका नेपाली नागरिकहरु जो हुनुहुन्छ । डाटावेस कसरी संकलन गर्ने र उहाँहरुको क्षमताको सदुपयोग गरेर देशमा स्वरोजगार कसरी सृजना गर्ने भनेर नीजि क्षेत्रसँग पटक पटकको छलफल यदी छ ।’

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार