मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव |

रुपन्देहीमा तस्करीमाथि प्रहरीको प्रहार, साढे ६६ लाखको सामान नियन्त्रणमा

Ujyalosandeshonline 12466+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पछिल्लो तीन दिनमा विशेष अपरेसन चलाएर करिब ६६ लाख ४३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भन्सार छली र चोरी पैठारी गरी ल्याइएका यी सामानहरू जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, सबैभन्दा ठूलो बरामदगी बुटवलको रामनगरमा भएको छ, जहाँ एक कन्टेनरबाट ५४ लाख ३० हजार मूल्यका ब्रान्डेड जुत्ता र कपडा बरामद गरिएको हो । उक्त घटनामा संलग्न चालक र सह-चालकलाई नियन्त्रणमा लिइएको छ ।

यसैगरी, बेलहिया, अञ्चलपुर, कोटहीमाई, र मंगलापुर जस्ता स्थानबाट पनि लत्ताकपडा, इलेक्ट्रोनिक्स, पटाका, कीटनाशक औषधि र किरानाका सामानहरू ठूलो परिमाणमा जफत गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रदिप बहादुर क्षेत्रीले बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको बताउनुभयो । उहाँले अवैध गतिविधि माथि प्रहरीले निगरानी बढाएको र संलग्नलाई कुनै हालतमा नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार