मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भैरहवामा ७ औं लुम्बिनी महोत्सवको तयारी पूरा, भोलिदेखि सुरु हुने

Ujyalosandeshonline 11768+ समाचार ( )
२ मंगशिर २०८२, मङ्गलबार

भैरहवा । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजनामा भैरहवाको अंचलपुरमा हुने ७ औं लुम्बिनी महोत्सव–२०८२ को तयारी लगभग पूरा भएको छ। 'स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ' भन्ने मूल नाराका साथ मंसिर ३ गते (भोलि) देखि मंसिर २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डेयले संयुक्त रूपमा गर्नेछन् ।

महोत्सवका मुख्य विशेषताहरू :

  • मुख्य आकर्षण : नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेलको निःशुल्क प्रदर्शन । 
  • स्टल्स: उद्योग, कृषि, पर्यटन, र वित्तीय संस्था गरी कुल ३५० स्टलहरू ।
  • मनोरञ्जन: मंसिर १४ देखि १६ गतेसम्म कुस्ती प्रतियोगिता तथा दुर्गेश थापा, प्रिति पासवान लगायतका कलाकारहरूको प्रस्तुति ।
  • टिकट दर: सर्वसाधारणका लागि रु. १५०, अपांग तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई रु. ५० र ८० वर्ष माथिकालाई प्रवेश निःशुल्क ।

संगठनका अध्यक्ष सचिन रोक्काका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजार प्रवर्द्धन र लुम्बिनी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार