मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

मौलापुरमा फाल्गुन ११ गतेदेखि मधानी महायज्ञ हुने

Ujyalosandeshonline 12456+ समाचार ( )
२३ माघ २०८१, बुधवार

रौतहट । रौतहटको मौलापुरमा आगामी फाल्गुन ११ गतेदेखि मधानी महायज्ञ हुने भएको छ । मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर रिना कुमारी साहले फागुन ११ गतेदेखि १५ गतेसम्म पतौरा महादेव मन्दिरमा मधानी महायज्ञ आयोजना हुने जानकारी दिएकी हुन ।

उनका अनुसार फागुन ११ गते उद्घाटन समारोह, १२ गते शिव बारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र  १५ गते  मधानी विशेष दंगल कार्यक्रम हुने छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्त्व रहेको पतौरा पुरातात्विक महादेव मन्दिरमा महा शिवरात्रीको अवसरमा मधानी महायज्ञ हुदै आएको उनले बताइन ।

मधानी महायज्ञ भगवान शिव र पार्वतीको वैवाहिक उत्सव को प्रतीक मानिन्छ। यो महायज्ञ विशिष्ट धार्मिक परम्परासँग जोडिएकाले  ब्राह्मण विना नै मन्त्र जप गरिने परम्परा रहेको बताइन्छ । हजारौं वर्ष पुरानो यो मन्दिरमा गरिने पूजा अनुष्ठान विशिष्ट शैलीमा सम्पन्न गरिन्छ। यस वर्षको मधानी महायज्ञमा भोजपुरी  सिनेजगतका चर्चित अभिनेता  रवि किशन,  निर्माता  विनय बिहारी, गायक रितेश पाण्डेको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

उक्त मधानी महायज्ञमा नेपाली कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ ।मधानी महायज्ञलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरी तयारी तीव्र पारिएको आयोजक मौलापुर नगरपालीकाले जनाएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार