मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

जनताका आधारभूत समस्या समाधान नगरे आउदैन समृद्धि

Ujyalosandeshonline 11904+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरु समाधान गर्नतर्फ लाग्नुपर्ने बताएकी छन् । 

काठमाडौंमा बिहीबार आयोजित ‘२१औं शताब्दीमा जलवायु परिवर्तन र प्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति र सम्पदाको संरक्षण गर्दै सरकारले आत्मनिर्भरको खोजी गर्नुपर्ने बताइन । 

‘यदी हामी नेपाली जनतालाई सुखी देख्न चाहन्छौं भने आम नागरिकका न्यूनतम आवश्यकता पुरा गर्न जरुरी छ । सबैलाई खुसी पार्न त सकिँदैन । तर, आम रुपमा आधारभूत समस्या समाधान गर्न तर्फ जानुपर्छ । आत्मनिर्भर बन्नका लागि हामीसँग स्रोतको कमी छ जस्तो मलाई लाग्दैन ।  हामीसँग प्रकृति छ, सांस्कृतिक सम्पदाहरु छन्, यी संस्कृति र प्राकृतिक सम्पदाहरुलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ ।’

मुलुकमा उपलब्ध स्रोत रसाधनको उपयोग गर्न सके परनिर्भर हुनुनपर्ने उनको तर्क थियो । त्यस्तै, पूर्व राष्ट्रपति भण्डारीले मिडियाहरु जनता र सरकारबीचको पुल बन्नुपर्ने बताइन् । सबैले आफूलाई विनाबर्दीको राष्ट्रको पहरेदार सम्झिनुपर्ने उनको भनाइ थियो । 

उनले भनिन्, ‘मिडिया र प्रेस जनता र सरकारको पुल बन्नुपर्छ, पहरेदार हुनुपर्दछ । हामी विनाबर्दीका राष्ट्रका पहरेदार हौं भन्ने कुरा सम्झिनुपर्यो । मिडिया भइसकेपछि त सरकारको कानमा बाजा बजाउनु पर्यो नि होइन ?’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार