मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

प्रधानमन्त्री कप बैतडी छनोट : जनसेवाको उत्कृष्ट सुरुआत

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ कार्तिक २०८२, शनिबार

बैतडी । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करणअन्तर्गत आज भएको खेलमा जनसेवा क्रिकेट क्लबले उत्कृष्ट सुरुआत गरेको छ । जनसेवाले साबिक विजेता नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)माथि ४३ रनको जित दर्ता गर्‍यो ।  एनआरवाइसी यो हारसँगै लिग चरणबाटै बाहिरिएको छ । उसको यो दोस्रो हार हो । एनआरवाइसी यसअघि शुक्रबार त्रिपुरा क्रिकेट क्लबसँग १८६ रनले पराजित भएको थियो । 

जनसेवाले दिएको १८२ रनको लक्ष्य पछ्याएको एनआरवाइसी १८ दशमलव दुई ओभरमा १३८ रनमा ‘अलआउट’ भयो । जसमा निशान्त जोशीले अर्धशतकीय पारि खेल्दै ५९ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् । खेलका ‘प्लेयर अफ द म्याच’ समेत भएका जनसेवाका नरेन्द्र चन्दले तीन विकेट लिए भने भरत चन्द र कमलेश महरले दुई÷दुई विकेट लिए । 

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको जनसेवा २८ ओभरमा १८१ रनमा समेटियो । जनसेवाका राजेश चन्दले ४४ र नरेन्द्र चन्दले ४० रनको पारि खेले । एनआरवाइसीका भूपेन्द्र चन्दले चार र सुशील भाटले तीन विकेट झारे ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो । 

यस्तै ‘म्यान अफ दी सिरिज’लाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ दी म्याच’लाई रु एक हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ । 

प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार