मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

भैरहवामा २४ लाख मूल्य बराबरका ३८ थान अवैध आईफोनसहित स्कुटर नियन्त्रणमा

Ujyalosandeshonline 12093+ समाचार ( )
१४ असार २०८३, आइतबार

भैरहवा । भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका करिब २४ लाख रुपैयाँ बराबरका विभिन्न मोडलका आईफोन मोबाइल फोनहरू रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ स्थित सानो बालापुर क्षेत्रमा जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो ।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा गुडिरहेको लु ५३ प ३३९८ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा बिनाभन्सार भित्र्याइएका ३८ थान महँगा आईफोनहरू फेला परेका थिए । बरामद गरिएका ती मोबाइल फोनहरूको अनुमानित बजार मूल्य करिब २३ लाख ९० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले मोबाइलसँगै ओसारपसारमा प्रयोग भएको स्कुटरलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सबै मोबाइल र स्कुटरलाई आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

यसैबीच, सीमा सुरक्षा र अवैध तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रका ठाउँ–ठाउँमा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति र ड्युटी रहँदा–रहँदै पनि यसरी लाखौँ मूल्यका महँगा मोबाइलहरू सीमा पार गराई भित्री इलाकासम्म आइपुग्नु र त्यसलाई नेपाल प्रहरीले पक्राउ गर्नुले स्थानीय स्तरमा निकै चर्चा र चासो जगाएको छ। यस घटनाले सीमा क्षेत्रको सुरक्षा व्यवस्था र निगरानीमाथि समेत सर्वसाधारणबीच विभिन्न प्रश्न र बहस सिर्जना गरिदिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार