मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति

Ujyalosandeshonline 12547+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान गएको भीषण बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यमा अन्तरराष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले अन्तरराष्ट्रिय सहयोग अस्वीकार गरेको नभइ राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको हो ।

नेपालको भौगोलिक बनावट, विकट भू–भाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै उहाँले सरकारले सुरुआती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको जनाएको बताउनुभयो ।

अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सिर्जना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताउनुभयो । “हाम्रो टिम सक्षम छ, हाम्रो भूगोलप्रति परिचित छ । हाम्रो सुरक्षा निकायहरू–सेना, प्रहरी र सशस्त्र प्रहरी—सबै यसमा लागिरहेका छन्,” उहाँले भन्नुभयो ।

मन्त्री खनालले विपद् हुनेबित्तिकै हरेक मुलुकले विदेशी सहयोग नलिने भन्दै आफ्नो राष्ट्रिय क्षमताले धान्न सक्ने अवस्थासम्म आफ्नै संयन्त्रबाट काम गर्नु स्वाभाविक भएको बताउनुभयो । नेपालको राष्ट्रिय संयन्त्र, संरचना र संस्थाले आफैँ गर्न सक्ने काममा आत्मविश्वासका साथ अघि बढ्ने सरकारको नीति रहेको उहाँको भनाइ छ ।

यद्यपि, सरकारले मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको उहाँले स्पष्ट पार्नुभयो । विशेषगरी सुरुङभित्र उद्धार गर्नुपर्ने वा अत्यन्त जटिल भौतिक संरचनामा विशेष प्राविधिक क्षमता आवश्यक पर्ने अवस्था आएमा आवश्यकताअनुसार अन्तरराष्ट्रिय सहयोग लिन सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो । “जहाँ हामीलाई थप प्राविधिक क्षमता आवश्यक हुन्छ, त्यहाँ आवश्यकताअनुसार सहकार्य गर्छौं,” मन्त्री खनालले भन्नुभयो । उहाँले यस सम्बन्धमा मित्रराष्ट्रहरूसँग सरकार निरन्तर संवाद र समन्वयमा रहेको जानकारी दिँदै आवश्यकताअनुसार प्राविधिक सहयोग लिने स्पष्ट नीति रहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार