मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |
मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |


लुम्बिनी : नया बर्षमा भ्रमणको आकर्षक गन्तव्य

Ujyalosandeshonline 2393+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

भैरहवा । नया बर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिर लगायत कोषको हाता भित्र रहेका सबै गुम्बाहरुमा दर्शनार्थीहरुको घुईचो लागेको थियो । 

मायादेवी परिसर, केन्द्रिय नहर, गुम्बाहरुमा आन्तरिक एवम भारतीय पर्यटकहरुको भरिभराउ रहेको थियो । आन्तरिक पर्यटक र भारतीय पर्यटकहरुको भ्रमणको केन्द्रको रुपमा लुम्बिनी रहेको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वर्षको पहिलो दिन ३ बजे सम्म १० हजार बढी दर्शनार्थीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।

विश्व शान्तीको केन्द्रका रुपमा रहेको लुम्बिनी भगवान गौतमबुद्धको जन्मस्थल हो । आफ्नो नया वर्षको सुरुवात यहीबाट गर्ने धेरै नेपालीहरुको चाहना हुन्छ । यसले पनि नयाँ वर्षमा लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या ह्तात्तै बढाएको छ । यस बाहेक कोभिडका कारण घरभित्रै सिमित नेपाली कोभिडपछि आन्तरिक भ्रमणमा उत्साहजनक रुपमा लागेका छन् ।

विगतमा दिनमा कोभिडका कारण घरमै खुम्चिएका आन्तरिक पर्यटकहरु २०८१ को सुरुकै दिन लुम्बिनीमा रमाएका हुन् । लुम्बिनी भ्रमणमा आएका दर्शनार्थीहरुले वर्षको पहिलो दिनको सुरुवात शान्तीभूमि लुम्बिनीबाट गर्न चाहेर नै लुम्बिनी आएको बताएका छन् । 

“लुम्बिनीको परिचय नै प्रयाप्त छ, नेपालीको पहिचान विश्वमानै चिनाएको कारण यहिबाट नयाँ वर्षको सुरुवात गर्ने सोच बनाए ।”पश्चिम नवलपरासी वर्दघाटका कमल किशोर रायमाझीले भने “अहिले यहाँ म जस्ता पर्यटकको घुईचो देखेर निकै रमाईलो लागेको छ ।”

२०७० को दशकमा नेपाल भुकम्पको त्रासदी देखि कोभिड र आर्थिक मन्दीको मार खेपेकोले नेपालमा शान्ती र खुशी छाओस भन्दै नेपालीहरुले कामना गरेका छन् । यस संगै नेपालमा राजनैतिक स्थिरता र पर्यटन क्षेत्रको बिकासको लागि पनि दर्शनार्थीहरुले लुम्बिनीबाट कामना गरेका छन् ।

गुल्मी हर्मिचौरका तुलासिंह पाण्डेले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एक पटकको भ्रमणले मात्र चित्त नै नबुझने बताउछन् । उनले पहिलेको तुलनामा लुम्बिनीमा धेरै विकास भएको बताउदै पटकै पिच्छे आउदा लुम्बिनीमा परिवर्तन आउने गरेको सुनाए। सरसफाई लगायत अन्य व्यस्थापन राम्रो रहेको उनले प्रतिक्रिया दिए । 

लुम्बिनी विकास कोषले लागु गरेको ई–टिकटका कारण भने कतिपय पर्यटकले भने सास्ती खेपेको बताएका छन् । बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ७ का चुडामणि अर्यालले अर्घाखाँचीको सुपादेउराली हुदै लुम्बिनी आएको बताउए । उनि पछिल्लो पटक २०५६ मा लुम्बिनीमा आएका थिए । त्यस यता लुम्बिनीमा धेरै परिवर्तन भईसकेको अर्यालले बताए ।“ई–टिकटको व्यवस्था रहेको जानकारी पायौ, तर मोबाइलबाट टिकट लिन खोज्दा भएन ।” उनले गुनासो गरे “टिकटकै लागि धेरै बेर भौतारिनु प¥यो, कोषले यसमा सुधार गर्नुपर्छ ।”

लुम्बिनीमा ३ बजे सम्म १० हजार दर्शनाथीले मायादेवी मन्दिरको दर्शन गरे पनि दर्शनार्थीहरुको अझै घुईचो रहेको कारण संख्या अझै बढने कोषका सूचना अधिकारी राजन वस्नेतको भनाई छ । 

लुम्बिनी विकास कोषले रुपन्देही, नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) र कपिलवस्तुका नागरिक वाहेक अन्य सबैलाई मायादेवी मन्दिर दर्शनको लागि शुल्क तोक्दै टिकटको व्यवस्था गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार