मुख्य समाचार
विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली | कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने | रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ | बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री | मर्चवार नाकाबाट व्यापक तस्करी, भारतीय सीमावर्ती क्षेत्रमा ४१ बोरा फर्सीको बीउ र पिकअप गाडी नियन्त्रणमा | पालुङटारका नगरप्रमुख बाढीमा बेपत्ता नगरवासी खोज्दै नवलपुरमा |

मतदानपछि मतदाता भारत फर्किन थाले

रासस 641+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार

सुदूरपश्चिम । निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु भारततिर फर्किन थालेका हुन् । रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् ।

त्रिनगर सीमा नाकामा भेटिनुभएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई महिनाअघि मतदान गर्न नेपाल आएको हुँ । अहिले फेरि काममा फर्किन थालेको छुँ ।” खुला सीमा नाका कारण आवतजावत सहज भए पनि कतिपयका लागि भने आवश्यक कागजातको अभावले समस्या सिर्जना भएको छ ।

त्रिनगर नाकामै भेटिनुभएकी अछामकी कल्सु साउदले  उपचारका लागि भारत जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदान गरेपछि नेपालमै स्वास्थ्य जाँच गरौँ भन्ने सोचेकी थिएँ । तर अहिले नियमित चेकअपका लागि फेरि भारत जान लागेकी हुँ ।” सुदूरपश्चिमका धेरै बिरामी उपचारका लागि भारतीय अस्पताल धाउँछन् । नेपाल–भारतबीचको खुला सिमाना रहेकोले दुई देशका नागरिकले धेरै ठाउँमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ ।

सुदूरपश्चिमका नागरिक दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने व्यक्ति धेरै भेटिने गरेका छन् । नेपालमा निर्वाचन हुने जानकारी पाएपछि केही समयका लागि भारतलगायत विभिन्न देशमा काम गर्ने नेपाली मतदानका लागि घर फर्किएका थिए । निर्वाचन सम्पन्न भएपछि भने पुनःकामका लागि विदेश फर्किने क्रम देखिएको हो । विशेषगरी युवा तथा श्रमिक वर्गका नागरिक झोला बोकेर भारत जाने दृश्य सामान्य बनेको छ । 

सदियौँदेखि सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्यस्थल भारत बनेको छ । सुरक्षा गार्ड, निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीले काम गर्ने गर्छन् । नेपालमा कामको अवसर कम हुनु र कमाइ पर्याप्त नहुनु भारत जाने प्रमुख कारण हो । रोजगारी मात्र नभएर स्वास्थ्य उपचारका लागि भारत जाने नेपालीको सङ्ख्या ठूलो छ । सुदूरपश्चिमका धेरै जिल्लामा विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र ठूला अस्पतालको अभाव छ । जटिल रोग लागेका बिरामी प्रायः भारतका अस्पतालमा भर पर्ने गरेका छन् । 

धनगढी, महेन्द्रनगरलगायत सीमावर्ती क्षेत्रबाट भारतका बरेली, हल्द्वानी, देहरादून, लखनउ, भोजीपुरा र दिल्लीसम्म उपचारका लागि बिरामी जाने गर्दछन् । खुला सिमाना भए पनि पछिल्लो समय सीमा पार गर्दा आवश्यक कागजातमा कडाइ गरेको छ । नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान कागजात नहुँदा कतिपय नागरिक सीमामै रोकिने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार