मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु

Ujyalosandeshonline 11768+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

वीरगन्ज । पर्सा लगायतका क्षेत्रमा झाडापखालाको संक्रमण देखिएसँगै संघ र प्रदेश सरकारको पहलमा पानी परीक्षणका लागि घुम्ती सेवा संचालनमा आएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुर (चितवन), काठमाडौं र जनकपुरबाट विज्ञ सहितको टोली वीरगञ्जको मुडली, रानिघाट, श्रीपुर लगायतका स्थानमा जडान गरिएका डीप बोरिङ तथा खानेपानी संस्थानका धाराहरूको नमुना संकलन गरिरहेको छ ।

खानेपानी संस्थान पर्साका प्रमुख प्रविन कुमार साहका अनुसार अहिलेसम्म १५ स्थानका पानी नमुना संकलन गरी परीक्षणका लागि जनकपुर पठाइसकिएको छ। उनका अनुसार संघ र चितवनबाट आएको टोलीले आज पनि नमुना संकलन कार्य जारी राखेको छ । नमुनाको रिपोर्ट आउन करिब २ दिन लाग्ने जानकारी उनले दिए।

यसैबीच, वीरगन्ज महानगर क्षेत्रमा हैजाको महामारी समुदायस्तरमा गम्भीर रूप लिँदै गएको छ । आइतबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार २२१ जना झाडापखालाबाट संक्रमित भएका छन्, जसमा ४२ जनामा हैजाको पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरूले नागरिकलाई उमालेको पानी मात्र पिउन, सरसफाइमा ध्यान दिन र संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार