मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |
मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |


सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि जनप्रतिनिधि र प्रशासनले देखाएचासो

Ujyalosandeshonline 10783+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रीहरूले हैरानी खेप्न लागेपछि रामेछापका जनप्रतिनिधि र स्थानीय प्रशासनले चासो देखाएका छन् । 

सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा आयोजना कार्यालय र निर्माण व्यवसायी समेतलाई लिएर बुधबार स्थलगत अनुगमन गरिएको छ ।

सो क्रममा तत्काल अन्य काम गर्न नसकेपछि नियमित यातायात साधन सञ्चालनहुने व्यवस्था मिलाउन रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । 

अनुगमनको क्रममा बाटो ठाउँ ठाउँमा अति अप्ठेरो भएको कारण स्थानीयले निक्कै हैरानीखेपेका थापाले बताए । ‘हामीले तत्कालै पिचगर्नुपर्छ, सबै कामगर्नुपर्छ, भनेका छैनौँ, कम्तीमायातायात साधन नरोकिउन्’, उनले भने । ठाउँ ठाउँमा स्काभेटर लगायतका मेसिनहरू राखेर भए सडक नियमित सञ्चालनको काम गर्न वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठले आग्रह गरे । ‘बिपी राजमार्गमा जस्तै ठाउँ ठाउँमा मेसिन राखेर आवागमन सहज बनाइदिनुस्’, उनले भने ।

सो सडक बिग्रिँदादुई घण्टाको बाटोमा दिनभरि लाग्ने रामेछाप नगरपालिका–२ का कुमार रोक्काले गुनासो गरे । ‘काठमाडौं जाने बसहरू दिनभरि यही फसेर बस्छन्, बिरामी लैजाने एम्बुलेन्स समेत चल्दैन, ओखलढुङ्गा जाने गाडी साँझसम्मयतै हुन्छन्’, उनले भने । 

सडक बिग्रिएको कारण नागरिकले सास्ती बेहोरेको स्विकार्दै सडक आयोजनाका प्रमुख ईश्वर कार्कीले अब उपकरणहरू थपेर भएपनि नियमित रूपमा यातायात सञ्चालन गर्ने बताए । निर्माण कम्पनीलाई यस विषयमा प्रतिबद्धता नै गराउन लगाउने उनले बताए । 

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट देखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटार बजासम्म पुग्ने करिब ५२ किलोमिटर लामो सो सडक निर्धारित समयमान बन्दा यात्रीहरू जोखिमपूर्ण यात्रागर्न बाध्य रहेका रामेछाप नगरपालिका–३ साँघुटारका होतराज ढकालले बताए ।  अहिले सडकमा जथाभाबी खनेर छाडिएका कारण यातायात साधन चिप्लिएर चल्नै नसक्ने अवस्थामा रहेका उनको भनाइछ । 

यस विषयमा बारम्बार आयोजनालाई भनेको भएपनिकाम माध्यान नदिएको रामेछापका रोशन पाख्रिनले गुनासो गरे । यस्तै अवस्था रहने हो भने कहाँ गएर ठुलो दुर्घटना हुने हो भन्न नसकिने अवस्था रहेको साँघुटारकै माधव ढकाल बताउँछन् । 

भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको सो सडक निर्माणका जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ ।सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्रकूल १अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो । तर निर्धारित समयमा काम नभएपछि सोही कम्पनीलाई फेरी १७ महिनाको म्यादथप गरिएको छ । 

सडक बिग्रँदा स्थानीयले हैरान खेपेका स्विकार्दै निर्माण कम्पनी टीसीआईएलका प्रतिनिध डिसी शर्माले तत्कालको लागि सो समस्या समाधान गर्ने बताए । उनले निर्धारित समयमा सडकको काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । नागरिकलाई समस्यानहुने गरी कामगर्नेउनले बताए । सांसद तथा प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशन अनुसार आफूले काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । 

निर्माण कम्पनीका इञ्जिनियर अभिषेक शर्माले पनि छिटो भन्दा छिटो काम सक्ने प्रतिबद्धता व्यक्त गरे । समस्या भएका ठाउँका लागि एउटा मेसिन राखेर काम गरिरहेको बताउँदै ती ठाउँमा ग्राभेल लगायतका काम गरी सहज बनाउने प्रयत्न गर्ने उनले बताए । 

सडक अनुगमनका लागि सांसद् श्रेष्ठसँगै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, रामेछापकी उपप्रमुख बाला कार्की, दोलखाको लिखु गाउँपालिका उपप्रमुख अस्मिता थापा, रामेछापका सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेताहरू, नागरिक अगुवा लगायत पुगेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार